चाईल्ड रेस्क्यु नेपाल एवं छोरा छोरि नेपालको सन्युक्त आयोजनामा बालश्रम रोकथाम तथा सरोकारवालाहरु बीच छलफल

Date:

अजित कुमार भुजेल , बिरगंज।बिरगंजको आदर्शनगर स्थित होटेल त्रिसलामा चाइल्ड रेस्क्यु नेपाल एवम् छोरा छोरी नेपाल संयुक्त आयोजनामा र सानो पाइलाको सहयोगमा बालश्रम रोकथाम तथा बाल श्रमिकहरूको संरक्षणका लागि सरोकारवालाहरू बीच
गोलमेच छलफल कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथि बिरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमको आतिथ्यमा सम्पन्न भएको हो।
विशिष्ट अतिथिमा रन्जना पन्डित,प्रहरी निरीक्षक रमेश कुमार तिमल्सिना,वडा अध्यक्ष बैजुलाल स्वर्णकार,नारायणी अस्पतालका हेमा थापा लगायतका विशेष ब्यक्तीहरुको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि बिरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमका भनाई अनुसार बालश्रम रोकथाम तथा बाल श्रमिकहरू एवम् अनाथ, बेसहारा,दलित बालबालिकाहरुको संरक्षणका लागि म हरदम हरेकपल उनिहरुको साथ सहयोग ब्यक्तिगत तर्फबाट एवम् बिरगंज महानगरपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए। चाइल्ड रेस्क्यु नेपालका बिरगंज प्रमुखका भनाई अनुसार आज भन्दा ५ दिन अगाडि भारतमा जबर्जस्ती श्रममा लगाइएका दुई नेपाली बालकको उद्धार गरी अहिले सुरक्षित रूपमा आफ्नो परिवारसँग पुनर्मिलन गराएको जानकारी दिए।

ती किशोरहरू मुम्बईको प्लास्टिकको झोला कारखानामा कठोर वातावरणमा लामो समयसम्म काम गरिरहेको भेटिएपछी तुरुन्तै हाम्रो साझेदार संस्था छोरा छोरी नेपालले हस्तक्षेप गरी उनीहरूलाई घर ल्याउन सफल भएको बताए।
छोरा छोरी नेपाललाई सहयोगको लागि धन्यवाद समेत व्यक्त गरेका थिए।उनले थपे तपाईको उदारताले सम्भव भएको धेरै विजयहरू मध्ये एक मात्र हो। गत वर्ष हामीले ४५ बालबालिकाको उद्धार गरेका थियौं, अघिल्लो वर्षको तुलनामा तीन गुणा बढी सँगै, हामी बाल शोषणको साङ्लाहरू तोड्दै र परिवारहरूमा आशा पुनर्स्थापित गर्दै शुभकामना समेत दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...