जनमत पार्टी पर्साको आयोजनामा भेडियाहिमा निसुल्क आखा शिबिर

Date:

अजित कुमार भुजेल , बिरगंज । जनमत पार्टी पर्साको आयोजनामा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । बिरगंज  महानगरपालिका वडा नम्बर १५ भेडियाहीमा आँखा शिविर सम्पन्न भएको हो ।

संसारीमाई धर्मशालामा आयोजित शिविरमा १ सय १२ जनाको आँखाको चेकजाँच गरिएको छ । जसमध्ये ४१ जनामा मोतियाबिन्दुको समस्या फेला परेको जनमत पार्टीका पर्सा अध्यक्ष ओमप्रकाश सर्राफले बताए ।

उनका अनुसार मोतियाबिन्दु देखिएकाहरुको वीरगन्ज सामुदायिक आँखा अस्पतालमा निशुल्क शल्यक्रिया गरिनेछ । शिविरमा वीरगन्ज सामुदायिक आँखा अस्पतालका डा. महेश सिंह धामी लगायतको टोलीले आँखाको चेकजाँच गरेका थिए ।

पार्टीले जिल्लाका गरिब तथा विपन्न नागरिकलाई मध्यनजगर गर्दै आँखा चेकजाँचको अभियान सुरु गरिएको बताए । ग्रामिण इलाकाका नागरिकहरु स्वास्थ्य सेवाको पहुँचमा आउनबाट वञ्चित हुने तथा उनीहरुमा सूचनाको अभाव समेत रहने भएकाले अभियान नै चलाएर चेकजाँच सुरु गरिएको जनाएका थिए।जनमत पार्टीका महिला नेतृ रम्भा मिश्राले जानकारी गराएकी थिईन।

विशेष सहयोगको लागी जनमतका स्थानीय युवा देव राज सरार्फ ,सैफ अल्लि लगायतका टिम एवं स्वयंसेवकको टिमले सघाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

रास्वपा बारा अधिवेशन :जिल्ला सचिबमा सन्नि जैसवालको उमेदवारी घोषणा

पर्सा पोस्ट , जेष्ठ २४ गते , बारा । राष्ट्रिय...

प्रेम , नम्रता र सम्बन्धको महत्वबारे बिमल सरार्फका विचार

पर्सा पोस्ट , जेष्ठ २४ गते , रक्सौल, पूर्वी...