गढिमाई मन्दिर तोडफोड प्रकरणमा रासपाको गृहमन्त्रीलाई ज्ञापनपत्र

Date:

अजित कुमार भुजेल , बिरगंज । बारा जिल्लास्थित विश्व प्रसिद्ध गढीमाई मन्दिरमा भएको तोडफोड र उदण्डताप्रति गम्भीर ध्यानाकर्षण गराउँदै राष्ट्रिय समता पार्टी नेपालले दोषीहरूमाथि तत्काल कानुनी कार्वाही  गर्न माग गरेको छ। यस सम्बन्धमा पार्टीका प्रतिनिधिहरूले गृहमन्त्री रमेश लेखकलाई ज्ञापन पत्र बुझाएका छन्।

पार्टीको टोलीले जनाएअनुसार २०८१ माघ ३ गते बिहीबार राति करिब १० बजे अराजक समूहले मन्दिर परिसरमा प्रवेश गरी भाकल स्वरूप छाडिएका परेवाहरू चोर्ने प्रयास गर्दा नगर प्रहरीसँग झडप भएको थियो। झडपको क्रममा हातपात समेत भएको र अर्को दिन शुक्रबार बिहान ती समूहहरूले सुनियोजित रूपमा मन्दिर परिसरभित्र दानपेटिका र पंखाहरू तोडफोड गरेको घटनाका दृश्यहरू सीसीटीभी फुटेजमा देखिएका छन्।

पार्टीका राष्ट्रिय अध्यक्ष विजय प्रकाश निषादको नेतृत्वमा महासचिव डा. अभिषेक तिवारी र केन्द्रीय कार्यकारिणी समिति सदस्य छत्र बहादुर श्रेष्ठ सहितको टोलीले संघीय मन्त्री निवास, ललितपुरमा पुगी गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो।

ज्ञापनपत्रमा अपराधीहरूको पहिचान गरी कानुनी राज्यको परिपालन गराउन कडा कार्वाहीको माग गरिएको छ। साथै, धार्मिक तथा सांस्कृतिक सम्पदाको सुरक्षा गर्न सरकारलाई आग्रह गरिएको छ।गढीमाई मन्दिरमा भएको यो घटना धार्मिक तथा सांस्कृतिक महत्त्वका सम्पदाप्रति गरिएको आक्रमणको रूपमा लिइएको छ। यसले कानुनी राज्यको उपहास गरेको भन्दै पार्टीले यथाशीघ्र दोषीलाई कारबाही गर्न जोडदार माग गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

लायन्स क्लब इन्टरनेशनल जोन ३७ द्वारा वीरगञ्ज कपडा बैंकलाई कपडा सहयोग, निरन्तर सहकार्यको प्रतिबद्धता

पर्सा पोस्ट, श्रावण २४ गते, वीरगञ्ज। सामाजिक सेवामा सक्रिय लायन्स...

सबैया साझेदारी वन उपभोक्ता समूहको प्रथम साधारणसभा सम्पन्न, वन संरक्षणमा जनसहभागिता बढाउन मन्त्रीहरूको जोड

पर्सा पोस्ट, साउन २४ गते, वीरगञ्ज (पर्सा)। पर्सा जिल्लास्थित सबैया...

राउन्ड टेबल नेपाल र रोट्याक्ट क्लबको संयुक्त रक्तदान : ५८ युनिट रगत संकलन, ‘मानवता बलियो बनाउन नियमित रक्तदान गरौं’

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। वीरगञ्जमा पछिल्लो समय देखिएको...

मनियारी मुसहर टोलमा वीरगञ्ज कपडा बैंकद्वारा ६ सय थान निःशुल्क कपडा वितरण

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। मानवीय सेवामा निरन्तर सक्रिय...