तेजस एकेडेमीको बसले साईकल यात्रीलाई ठक्कर दिदा यात्रुको घटनास्थलमै मृत्यु

Date:

अजित कुमार भुजेल, बिरगंज। पर्सा जिल्लाको बिरगंज  महानगरपालिका वडा न. १६ स्थित सडक खण्डमा दुर्घटना हुँदा एक साइकल यात्रुको मृत्यु भएको छ ।

सोही स्थानमा रहेको तेजस एकेडेमीको ना ५ ख १५०४ नम्बरको बसले साइकिल यात्रीलाई ठक्कर दिँदा घटनास्थलमै यात्रुको मृत्यु भएको हो ।

प्राप्त जानकारी अनुसार, तीव्र गतिमा गुडिरहेको बसले साइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । बसको तीव्र गतिको कारण साइकिल यात्रीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भए र तुरुन्तै घटनास्थलमै ज्यान गुमाएको प्रत्यक्षदर्शीले जानकारी दिए ।

आज मंगलबार करिब ९ बजेको समयमा स्कुल बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।मृत्यु हुनेमा बाराको फेटा गाँउपालिका वडा नम्बर ५ का ४५ वर्षीय चोकट भन्ने तैमुदिन मियाँ रहेका छन् । बिरगंज महानगरपालिका वडा नम्बर १६ स्थित बोखार चोकको पूर्व बाइपास सडकमा चौक स्थित तेजस एकेडेमीको ना ५ ख १५०४ नम्बरको बसले साइकल यात्री मियाँलाई ठक्कर दिँदा उनको घटनास्थलमै यात्रुको मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका मियाँलाई नारायणी अस्पतालमा पुर्याए लगत्तै चिकित्सकले मृत घोषित गरेको वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईले जानकारीले दिए । ठक्कर दिने बस र त्यसका चालक देवा पासवानलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

लायन्स क्लब इन्टरनेशनल जोन ३७ द्वारा वीरगञ्ज कपडा बैंकलाई कपडा सहयोग, निरन्तर सहकार्यको प्रतिबद्धता

पर्सा पोस्ट, श्रावण २४ गते, वीरगञ्ज। सामाजिक सेवामा सक्रिय लायन्स...

सबैया साझेदारी वन उपभोक्ता समूहको प्रथम साधारणसभा सम्पन्न, वन संरक्षणमा जनसहभागिता बढाउन मन्त्रीहरूको जोड

पर्सा पोस्ट, साउन २४ गते, वीरगञ्ज (पर्सा)। पर्सा जिल्लास्थित सबैया...

राउन्ड टेबल नेपाल र रोट्याक्ट क्लबको संयुक्त रक्तदान : ५८ युनिट रगत संकलन, ‘मानवता बलियो बनाउन नियमित रक्तदान गरौं’

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। वीरगञ्जमा पछिल्लो समय देखिएको...

मनियारी मुसहर टोलमा वीरगञ्ज कपडा बैंकद्वारा ६ सय थान निःशुल्क कपडा वितरण

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। मानवीय सेवामा निरन्तर सक्रिय...