छठ पर्वमा रुङ्टा वेलफेयर सोसाइटीद्वारा ११५० व्रतालु महिलालाई साडी र आटा वितरण

Date:

पर्सा पोस्ट, कार्तिक २८ गते, वीरगञ्ज ।

छठ पर्वको अवसरमा रुङ्टा वेलफेयर सोसाइटीको आयोजना तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको सहकार्यमा पर्सा जिल्लाका विभिन्न स्थानका १ हजार १५० जना छठ व्रतालु महिलालाई साडी तथा आटा वितरण गरिएको छ।

सामाजिक उत्तरदायित्वअन्तर्गत छठ पर्व मनाउने आर्थिक रूपमा विपन्न तथा असहाय महिलाहरूलाई लक्षित गरी प्रत्येक व्रतालु महिलालाई एक थान साडी र २ किलो आटा प्रदान गरिएको रुङ्टा वेलफेयर सोसाइटी वीरगञ्जका अध्यक्ष सुरेश रुङ्टाले जानकारी दिए।

छठ पर्व नेपाली समाजमा आस्था, श्रद्धा, विश्वास र सामाजिक सद्भावको प्रतीकका रूपमा मनाइने महत्वपूर्ण पर्व भएकाले आर्थिक अभावका कारण कुनै पनि महिलालाई पर्व मनाउन कठिनाइ नहोस् भन्ने उद्देश्यले सहयोग वितरण गरिएको अध्यक्ष रुङ्टाले बताए।

उनले रुङ्टा वेलफेयर सोसाइटीले प्रत्येक वर्ष छठ पर्वको अवसर पारेर आर्थिक रूपमा विपन्न तथा असहाय छठ व्रतालु महिला दिदीबहिनीहरूलाई पर्व मनाउन सहज होस् भन्ने उद्देश्यले आवश्यक सहयोगस्वरूप साडी तथा खाद्यान्न सामग्री वितरण गर्दै आएको बताए। आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै समाजका विपन्न तथा आवश्यकतामा रहेका समुदायलाई सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

यसैक्रममा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको कार्यालय परिसरमा समेत छठ व्रतालु महिलाहरूलाई साडी तथा आटा वितरण गरिएको केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए।

कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक विक्रम सुवेदी, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष सञ्जय शर्मा, केन्द्रका पदाधिकारी, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो।

छठ पर्वलाई लक्षित गरी गरिएको यस सहयोगले आर्थिक रूपमा विपन्न व्रतालु महिलाहरूलाई पर्व मनाउन थप सहजता प्रदान गर्नुका साथै सामाजिक सहयोग, मानवीय सेवा र आपसी सद्भावको भावना अभिवृद्धि गर्न सकारात्मक योगदान पुर्‍याएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

विद्या सदन बन्यो अक्षरारम्भ कप २०८३ को च्याम्पियन, ज्ञानोदयलाई ७१ रनले पराजित गर्दै ऐतिहासिक उपाधि हात पार्‍यो

पर्सा पोस्ट, कार्तिक २८ गते, वीरगञ्ज। वीरगञ्जमा आयोजित अन्तरविद्यालयस्तरीय क्रिकेट...

छठ पर्वको खुसी विपन्न परिवारसँग बाँडे शेख रुस्तमले, १०० परिवारलाई साडी, खाद्यान्न र नगद सहयोग

पर्सा पोस्ट, कार्तिक २८ गते, वीरगञ्ज। छठ पर्वको खुसी समाजका...

सांसद हरि पन्तको पहलमा छठअघि नै सङ्लियो सिर्सिया नदी, गण्डक नहरको पानी मिसाएर बनाइयो सफा

पर्सा पोस्ट, कार्तिक २९ गते, वीरगञ्ज। लोकआस्थाको महापर्व छठपूजाको पूर्वसन्ध्यामा...

मुर्लीमा छठ पूजाका लागि १९ लाखको बजेट सार्वजनिक, ५० स्वयंसेवक परिचालन गरिने

पर्सा पोस्ट, कार्तिक २८ गते, वीरगञ्ज। वीरगञ्ज महानगरपालिका–१२, मुर्लीस्थित श्री...