बिरगंजका समाजसेबि प्रकाश उपाध्यायद्वारा बिरगंज कपडा बैंकलाई कम्बल सहयोग

Date:

अजित कुमार भुजेल , बिरगंज ।  शैक्षिक सहीद मुकुन्द प्रसाद खनाल प्रतिष्ठान पर्साका वरिष्ठ सल्लाहकार एवं समाजसेवी अधिवक्ता प्रकाश उपाध्यायले बिरगंज कपडा बैंकलाई ५ थान कम्बल सहयोग प्रदान गरेका छन ।

बढदो जाडोको समयमा दिन दुखी असहायको जनजीवन थप कष्टकर भएकोले चिसोबाट राहत होस भनी न्यानो कम्बल ,शाल, ज्याकेट ,स्वेटर, इन्नर जस्ता न्यानो कपडाहरु सहयोग गर्न बिरगंज कपडा बैंकले गरेको आग्रह थाहा पाएर ५ थान कम्बल सहयोग बैंकका अध्यक्ष लालबाबु सिंहलाइ हस्तान्तरण गर्नुभएको थियो ।

उपाध्याय बिरगंज कपडा बैंकका सल्लाहकार रहेर विभिन्न समय स्थानमा बैंकको कार्यलाइ सघाउदै आइरहेका छन । सो कम्बल हस्तांतरण कार्यकममा प्रतिष्ठानका सदस्य सुभाष सिंह , बिरगंज  कपडा बैंकका कोषाध्यक्ष मनोज मिश्रा र कर्मचारी शोभा देवि लगायतको सहभागीता रहेको थियो ।

सो अवसरमा समाजसेवी उपाध्यायले वीरगन्ज कपडा बैंकले विगत लामो समय देखि बिपन्न दुखी असहायहरुको साथै आगलागी, बाढी पिडितहरुको घरदैलोमा पुगेर गरिरहेको निस्वार्थ सेवाभाव सुकार्यमा आफू सल्लाहकारको रुपमा जोडिएर प्रत्यक्ष सेवा गर्न पाउँदा आफू निकै गौरवान्वित भएको बताउदै अहिले चिसोको समयमा बिपन्न असहायहरुले नया गर्म र न्यानो सुकिलो कपडा किन्न नसकनेहरुलाइ नया जस्तै कपडा उपलब्ध गराउन हामिले वीरगन्ज कपडा बैंकको सुकार्यमा हातेमालो गर्न केही कपडाहरु लिएर आएका छौ साथै आगामी दिनमा साथ सहयोग रहनेछ भनी प्रतिबद्धता ब्यक्त गरेका थिए ।

सो अवसरमा बैंकका अध्यक्ष सिंहले तपाई संग धेरै छ भने हामिलाइ दिएर जानुस र तपाईं संग छैन वा आवश्यकता छ भने हामी संग निशुल्क लियेर जानुस को मुलमन्त्रलाइ आत्मसात गरि कोइ नाङ्गो नरहोस ,सबैले नया नभए पनि सुकिलो र जाडोमा न्यानो कपडा लगाओस भनेर विगत ६ वर्ष देखि वीरगन्ज -८ मा कार्यालय स्थापना गरि पर्सा र बाराको केही स्थानहरुमा सेवा प्रवाह गर्दै आइरहेको बताउदै विगतमा पनि शैक्षिक सहिद मुकुन्द प्रसाद खनाम प्रतिष्ठानले विभिन्न समय स्थानहरुमा विभिन्न सेवामुलक कार्यहरु गर्नुका साथै दिन दुखी असहायको सेवा सहयोगमा सकृय भुमिका निभाउदै आएको र अहिले पनि दिनदुखी असहायको लागि कम्बल सहयोग गरेकोमा बैंकका तर्फबाट हार्दिक आभार धन्यवाद दिदै आगामी दिनमा पनि प्रतिष्ठान परिवार एवं समाजसेवी उपाध्यायको साथ सहयोग जारी रहनेमा आशावादि रहेको र आउदो समयमा जाडो बढ्ने हुनाले न्यानो कम्बल, शाल, ज्याकेट, स्वेटर,इन्नर , टोपी,पसिन्ट सर्ट लगायतका न्यानो कपडाहरु सहयोग गर्न सम्पुर्ण मानवताप्रेमी सहयोगी हातहरु लाई आग्रह समेत गरेका छन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...