बारा , पर्सा अखाद्य वस्तु उत्पादन र बिक्रि बितरण गर्नेका लागि स्वर्ग

Date:

अजित कुमार भुजेल , बिरगंज । खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय बिरगंज बारा पर्साको बिभिन्न खाद्य वस्तु उत्पादन गर्ने उधोग , होटेल ,  रेष्टुरेन्ट तथा खाद्य बजारमा खाद्य  स्वच्छता कामय गर्ने अहंम जिम्मेवारी लिएर बसेको सरकारि कार्यालय हो |

वर्तमान कार्यालय प्रमुख आएदेखि अरु नियामक निकाय र सरोकार वालाहरुसंग हातेमालो गर्दै अगाडि बढनुको साटो खाद्यवस्तुको अनुगमन गर्ने म मात्र जिम्मेवार हो ,अरु निकायले हस्तक्षेप गर्न र सल्लाह दिन जरुरि छैन । म जे ठिक ठान्छु त्यो गर्छु भन्ने मानसिक्ता बोकेर हिडदा बिरगंज बजार दिन प्रतिदिन अस्वस्थकर र गुणस्तरहिन खाद्य वस्तु बिक्रि बितरणका लागि स्वर्ग बन्दैछ भने आफै अनुमान लगाउनुस ग्रामिण भेगका बजारहरुको अवस्था के होला ? अरु जिल्लामा सिमित साधनस्रोतको वाबजुत त्यहि निकायले राम्रो बजार अनुगमन र नियमन गर्न सक्ने तर पर्सा बारामा जनशक्ति थप हुदा पनि छ्यापछ्याप्ति खाद्य अनुमतिपत्र बेगरकै उत्पादन भएर बिक्रि बितरण भैरहदा समेत किन अनुगमन गरेर नियन्त्रण र कार्वाहिको दायरामा ल्याउने काम गरिदैन ? यसको पछाडि भागशान्तिको कारण हो भनेर आम उपभोक्ता गुनासो गरिरहेका छन।

यसलाई बल पुग्नेगरि वहाँले नै हाक्का हाक्कि भन्ने गर्नुभएको छ।आज सम्म कतिजना अस्वस्थकर र गुणस्तरहिन खाद्यवस्तु खाएर मानिस मरेका छन र कुन निकायमा उजुरि गरेका छन।यसबाटै बुझ्न सकिन्छ वहाँ आफ्नो पदिए जिम्मेवारि कसरि वहन गर्दै हुनुहुन्छ।

जागिर खाएको १५ / १६ वर्ष एउटै जिल्ला सप्तरिमा कार्यरत रहदा त एउटा सानो बजारमा उत्पादन भएर बिक्रि बितरण भैराखेको बरमझियाको पेडाको त गुणस्तर कस्तो छ । सो बाटो भएर हिडने जो कोहि उपभोक्ता भुक्तभोगी नै छन के बिरगंज र सो आसपासका बजार लाई पनि बरमझिया बनाउन खोजिएको हो ? उपभोक्ता शिक्षाका नाममा आएका बजेट काहाँ कसरि खर्च गरियो वा भयो कसैलाई जानकारि समेत छैन किन आम उपभोक्तालाई सुसुचित हुने अधिकार छैन ? बिरगंजको खाद्य बजार सप्रिनुको साटो दिनप्रतिदिन ओरालो बाटो लाग्दैछ, यसको जिम्मेवारी कसले लिने ? नियमन र अनुगमनको जिम्मा ( ठेक्का ) लिने कार्यालयको वा दिनरात नभनि मरेर काम गरिरहेका विभागमा डिजि लगायत टिम को ? वा अरु जिल्लामा कार्यरत खाद्य निरिक्षकहरुको , विभागमा रहेका वर्तमान महानिरिक्षक नियुक्ति भएको ३ / ४ महिना मै ४/५ वर्ष देखि थन्क्याएर राखेको खाद्य परिक्षण भ्यान ( फुड ल्याव ) भ्यान संचालनमा ल्याएर रातदिन नभनि काम गरिरहेका छन । गढिमाई मेला कै ईतिहासमा पहिलो पल्ट खाद्य परिक्षण भ्यान पठाएर स्राहनिय कार्य गर्दछन । कहिले नाका नाकामा फलफुल र तरकारी परिक्षण गराएर उपभोक्ताको वाह वाहि र साथ पाईराखेका छन। समय छदै महानिरिक्षक ज्यू र विभागको ध्यान जान जरुरि छ।नत्र चिडिया चुङगईल खेत ! अब पछताई का होई भन्ने उखान चरितार्थ हुन धेरै दिन लाग्ने छैन।जति राम्रो अरु जिल्लामा काम भएपनि पर्सा बाराको ठुलो बजार बिग्रिदा त्यसको असर देशव्यापि पर्नेछ।

बजारको यस्तो दुरावस्ता र आफ्नो उपभोक्ता प्रतिको जिम्मेवारी ख्याल गर्दै उपभोक्ता हित संरक्षण मञ्च पर्साले सम्बन्धित कार्यालयलाई जवाफदेहि बनाउन र खबरदारि गर्न शुक्रवार कानुनि अधिकार प्रयोग गर्दै सूचनाको हकको लागि ६ बुन्दा मार्फत सूचना माँग गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

खाद्य स्वच्छता उल्लंघन गर्ने व्यवसायीमाथि कारबाही, नियमित अनुगमनले बजार सुधार हुने विश्वास

पर्सा पोस्ट, भदौ ५ गते, वीरगञ्ज । वीरगञ्जमा उपभोक्ताले...