आरके पटेलको अध्यक्षतामा १५ सदस्यीय श्रमजिबि पत्रकार संघ नेपाल पर्सा जिल्ला तदर्थ समिति घोषणा

Date:

अजित  कुमार भुजेल , बिरगंज । श्रमजिवी पत्रकार संघ नेपाल पर्सा  जिल्ला तदर्थ कार्य समिति घोषणा भएको छ ।

आरके पटेलको  अध्यक्षतामा १५ सदस्यीय श्रमजिवी पत्रकार संघ नेपाल  पर्सा जिल्ला कार्यसमिति गठन गरिएको  घोषणा आइतबार  नेपाल पत्रकार महासंघ  पर्साको सभाहलमा गरेको हो।

त्यसैगरि  उपाध्यक्षमा प्रणय साह ,महिला उपाध्यक्षमा विमला गुप्ता, सचिवमा नितेश कर्ण, कोषाध्यक्ष दीपक कुहवाहा र सहसचिवमा अर्जुन गुप्ता र विशाल यादव, सदस्यहरुमा जाकिर हुसेन,राज सर्राफ, पुनम चौधरी,सुमेश्वर साह , राजकुमारी गुप्ता,राजु बैठा,विनोद यादव, र विशाल पटेल रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि संघिय खानेपानी मन्त्री प्रदीप यादवले श्रमजिवी पत्रकारहरुको हकहितका लागि स्थापना भएको श्रमजिवी पत्रकार संघलाई श्रमजिवीकै हकहित र पक्षमा काम गर्न सुझाव दिए । देशको आर्थिक मन्दीको मारमा नेपालको मिडिया क्षेत्रपनि परेको बताउँदै उनले नेपाल पत्रकार महासंघसंग सहकार्य गरेर श्रमजिवी पत्रकारका समस्या सम्बोधन गराउन श्रमजिवी पत्रकार संघलाई आग्रह गरेका थिए ।

मन्त्री यादवको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेस प्रदेश अध्यक्ष श्याम बन्जरा ,  पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल , समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य मनोज पटेल, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ ( फोनिज) पर्साका पुर्व अध्यक्ष एवं नेपाल पत्रकार महासंघ पर्साका सदस्य अजित कुमार भुजेल, रितेश झा  लगायतकाले नयाकार्य समितिलाई अग्रिम सुभकामना  व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

लायन्स क्लब इन्टरनेशनल जोन ३७ द्वारा वीरगञ्ज कपडा बैंकलाई कपडा सहयोग, निरन्तर सहकार्यको प्रतिबद्धता

पर्सा पोस्ट, श्रावण २४ गते, वीरगञ्ज। सामाजिक सेवामा सक्रिय लायन्स...

सबैया साझेदारी वन उपभोक्ता समूहको प्रथम साधारणसभा सम्पन्न, वन संरक्षणमा जनसहभागिता बढाउन मन्त्रीहरूको जोड

पर्सा पोस्ट, साउन २४ गते, वीरगञ्ज (पर्सा)। पर्सा जिल्लास्थित सबैया...

राउन्ड टेबल नेपाल र रोट्याक्ट क्लबको संयुक्त रक्तदान : ५८ युनिट रगत संकलन, ‘मानवता बलियो बनाउन नियमित रक्तदान गरौं’

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। वीरगञ्जमा पछिल्लो समय देखिएको...

मनियारी मुसहर टोलमा वीरगञ्ज कपडा बैंकद्वारा ६ सय थान निःशुल्क कपडा वितरण

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। मानवीय सेवामा निरन्तर सक्रिय...