एमनेस्टि ईन्टरनेशनल ग्रुप १६ बिरगंजद्वारा मानव अधिकार सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । एमनेष्टी ईन्टरनेशनल ग्रुप १६ बीरगंजद्वारा साउथ सिटी हिमाल नर्सिङ हस्पिटल बीरगंजमा आयोजित मानवअधिकार सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रमको आज एक समारोह बिच वरिष्ठ समाजसेवी प्रकाश कुमार उपाध्यायले दिप प्रज्वलित गरि उदघाटन गर्नुभयो।

कार्यक्रममा एमनेष्टीका पुर्व अध्यक्ष राजेश जैन बोथराले स्वागत मन्तव्य राख्दै एमनेष्टीको ईतिहासको बारेमा मन्तव्य राख्नु भएको थियो।

उक्त कार्यक्रमका प्रमुख अतिथि प्रकाश कुमार उपाध्यायले संयुक्त राष्ट्र संघद्वारा १० डिसेम्बर १९४८ मा पारित मानव अधिकार सम्बन्धि विश्वव्यापी घोषणापत्र तथा मौलिक अधिकारको बारेमा आफ्नो विचार राख्दै एमनेष्टी ईन्टरनेशनलको भुमिकाबारे आफ्नोे मन्तव्य राख्नु भएको थियो।

कार्यक्रममा समाजसेवी प्रेम शंकर सिंह, एमनेष्टीका सचिव एवं प्रशिक्षक रजनिस झा, हिमाल नर्सिङका प्रिन्सिपल समेत करिब १०० जना प्रशिक्षार्थि विद्यार्थीहरू को उपस्थिती रहेको थियो।

कार्यक्रमको संचालन एमनेष्टी ग्रुप १६ को उपाध्यक्ष संगीता पटेलले गर्नुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...