प्रदीप खन्डेलवाल मेमोरियल ट्रस्ट आदर्शनगर बिरगंजद्वारा १०४ पोका रक्त संकलन

Date:

अजित कुमार भुजेल , बिरगंज । प्रदिप खण्डेलवाल मेमोरियल ट्रस्ट आदर्शनगर बिरगंजद्वारा १०४ पोका रक्त संकलन भएको छ ।

प्रदिप खण्डेलवाल मेमोरियल ट्रस्ट आदर्शनगर बिरगंज वडा नम्बर  १० स्थित प्रदिप खण्डेलवाल मेमोरियल ट्रस्टको सातौं वर्षको अवसरमा आयोजना भएको रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
सो कार्यक्रमका प्रमुख अतिथीमा नेपाल उधोग बाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष एवं समाजसेवी अशोक कुमार टेमानीको आतिथ्य तथा विशिष्ट अतिथिमा नेपाल औषधि ब्यवसायी संघका ताजुदिन अन्सारी,बिस्वराज गौतम,मुकेश जी,प्रमोद सरार्फ  लगायतकाहरुको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ भने कार्यक्रम प्रकाश खण्डेलवालको अध्यक्षता सम्पन्न भएको थियो।

प्रमुख अतिथीले धुरुप चौधरीलाई ब्लडबैग दिई सुरुवात गरेका थिए।उक्त रक्तदान कार्यक्रममा ४ महिला सहित १०४ जना रक्तदाताहरुले आफ्नो अमुल्य रक्तदान गरेका थिए। सो रक्तदान कार्यक्रममा रक्तदान गर्नु हुनेमा प्रीती पटेल,मङगिता कुमारी,खुश्बू गुप्ता,रश्मि श्रेष्ठ,संजय दास थारु,बडेलाल चौधरी ,अजय कुमार चौधरी,बिजय चौधरी थारु , देवनारायण चौधरी,अमर कुमार गुप्ता,स्वागतम चौधरी,रन्जय कुमार गुप्ता,राजिव सिंह लगायतकाहरुले रक्तदान गरेका थिए।

उक्त रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठि शाखाका युवा सन्योजक अभिलाष गुप्ता, रक्तसंचार बिरगंजका प्रमुख सौरभ राज पान्डे , राजन श्रीवास्तव,लिलाधर साह , समिर लगायतकाहरुले प्राबिधिक सहयोग गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...