लायन्स क्लब अफ बिरगंज सेन्ट्रल सिटिद्वारा बिरगंज कपडा बैंकलाई कपडा सहयोग

Date:

अजित कुमार भुजेल , लायन्स क्लब अफ वीरगन्ज सेन्ट्रल सिटिले वीरगन्ज कपडा बैंकलाई एक कार्यक्रम गरि कपडा सहयोग गरेको छ । सो कार्यक्रममा लायन्स क्लब अफ वीरगन्ज सेन्ट्रल सिटिकि अध्यक्ष डा.लक्ष्मी थापा,उपाध्यक्ष सुशिला साह,सचीव देवन्ती साह,कोषाध्यक्ष कबिता श्रेष्ठ,सदस्यहरु शुगन्धी कुशवाहा,अनामिका मिश्राले बैंकको कार्यालय मै पुगेर १० झोला कपडाहरु बैंकका महिला सदस्य निला रामलाइ हस्तान्तरण गर्नुभयो । सो अवसरमा वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह ,सचीव कन्हैया पटेल,सक्रिय सदस्य एवम् सन्चारकर्मी अभिलाष गुप्ता र कर्मचारी शोभा देवि लगायतको सहभागीता रहेको थियो ।

सो अवसरमा वीरगन्ज कपडा बैंकले विगत लामो समय देखि दिन दुखी असहाय ,आगलागी, बाढी पिडितहरुको घरदैलोमा पुगेर गरिरहेको निस्वार्थ सेवाभाव प्रती हामी सबै खुशी छौ र अहिले चिसोको समयमा बिपन्न असहायहरुले नया गर्म र न्यानो सुकिलो कपडा किन्न नसकनेहरु लाइ नया जस्तै कपडा उपलब्ध गराउन हामिले वीरगन्ज कपडा बैंकको सुकार्यमा हातेमालो गर्न केही कपडाहरु लियेर आएका छौ साथै आगामी दिनमा हाम्रो साथ सहयोग रहनेछ भनी प्रतिबद्धता ब्यक्त गरेका थिए भने

अध्यक्ष थापाले दिनदुखी असहायको सेवा सहगोग नै मानवको कर्तव्य भएकोले लायन्स क्लबले सधै महत्त्वका साथ विभिन्न कार्यक्रम गरि सेवा कार्य गरिरहेको सर्वबिदितै रहेको र वीरगन्ज कपडा बैंकको सुकार्यमा हामिले पनि थोरै भए पनी कपडा सहयोग गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताउदै आउने समयमा पनि सहयोग गर्ने बताउनु भयो ।

सो अवसरमा बैंकका अध्यक्ष सिंहले तपाई संग धेरै छ भने हामिलाइ दिएर जानुस र तपाईं संग छैन वा आवश्यकता छ भने हामी संग निशुल्क लियेर जानुस को मुलमन्त्रलाइ आत्मसात गरि कोइ नाङ्गो नरहोस ,सबैले नया नभए पनि सुकिलो र जाडोमा न्यानो कपडा लगाओस भनेर विगत ६ वर्ष देखि वीरगन्ज -८ मा कार्यालय स्थापना गरि पर्सा र बाराको केही स्थानहरुमा सेवा प्रवाह गर्दै आइरहेको बताउदै विगतमा पनि लायन्स क्लबले विभिन्न सेवामुलक कार्यहरु गर्नुका साथै दिन दुखी असहायको सेवा सहयोगमा सकृय भुमिका निभाउदै आएको र अहिले पनि दिनदुखी असहायको लागि कपडा सहयोग गरेकोमा बैंकका तर्फबाट हार्दिक आभार धन्यवाद दिदै आगामी दिनमा पनि एकेडेमीको सहयोग जारी रहनेमा आशावादि रहेको र आउदो समयमा जाडो बढ्ने हुनाले न्यानो कपडा ,कम्बलहरु सहयोग गर्न सम्पुर्ण मानवताप्रेमी सहयोगी हातहरुलाई आग्रह समेत गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...