बिरगंज उद्योग वाणिज्य संघद्वारा नेपाल पत्रकार महासंघ केन्द्र , प्रदेश र पर्साबाट निर्वाचित पदाधिकारीहरुलाई सम्मान

Date:

अजित कुमार भुजेल , बिरगंज । नेपाल पत्रकार महासंघका निर्वाचित पदाधिकारी सदस्यहरुलाई सम्मानित गरेको छ ।

यहि मंसिर २८ गते सम्पन्न निर्वाचनमा केन्द्र, प्रदेश र जिल्लाबाट  निर्वाचित भएकाहरुलाई  संघले आज एक कार्यक्रमको आयोजना गरेर सम्मान गरेको हो ।

बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल , वरिष्ठ उपाध्यक्ष  हरि गौतम, अर्का उपाध्यक्ष माधव राजपालले नेपाल पत्रकार महा संघको सम्पन्न निर्वाचनमा विजय भएका पदाधिकारीलाई सम्मान गरिएको छ ।

सम्मान कार्यक्रममा बिरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले अहिके देशको आर्थिक अवस्था थिचिएको बेला सरकारले हाम्रो सुझावलाई समेत समेटेर अघि बढ्नु पर्ने बताएका छन । अहिले उद्योगहरु लोड सेडिङको  मारमा पर्दै गएको छ । देश बिधुतमा आत्मनिर्भर भएपनी सरकारले उपयोग गर्न नसकेर लोड सेडिङको मार झेल्नु परेको बताएका छ ।

त्यस्तै उनले आउने दिनमा पत्रकारको वृत्ति विकासका लागि पत्रकार महासंघको नव निर्वाचित कार्यसमितिसँग सहकार्य गरेर अघि बढ्न आफु तयार रहेको बताए । हाम्रो पनि दुख बेतिथीलाई समाचार मार्फत सरकार समक्ष राखिदिनु हुन्छ भने अपेक्षा आफुले लिएको बताए ।

कार्यक्रममा बीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अग्रवालले कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव  अशोक तिवारी तथा राष्ट्रिय पार्षद लालबाबु  शेख , मधेस प्रदेश सचीव दिपक गौतम र पर्सा जिल्ला अध्यक्ष ओम प्रकाश खनाललाई फुलमाला र अबिर लगाई सम्मान गर्नुभएको हो भने अन्य निर्वाचित पदाधिकारीहरुलाई संघका वरिष्ठ उपाध्यक्ष हरि पन्त तथा उपाध्यक्ष माधव राजपाल दुवैले संयुक्त रुपमा सम्मान गरेका हुन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघको सम्पन्न निर्वाचनमा निर्वाचित केन्द्रिय पार्षद लाल बाबू शेख ,बिजय कुशवाहा, राघव साह , महेश चन्द गौतम , केन्द्रिय सचिब अशोक तिवारी , मधेस प्रदेश सचिव दिपक गौतम , प्रदेश पार्षद शिव शंकर साह , दिपेन्द्र साह , भरत सरार्फ , अशोक श्रीवास्तव , ग्यासुमिया , पुस्प तिमिल्सिना , पर्सा शाखा उपाध्यक्ष (महिला) निलिमा पौडेल, सहसचिव एस. के. चौरसिया , सहसचिव  अजय चौरसिया,  सदस्यहरु प्रकाश तिवारी , अजित भुजेल , आरोहण शाह , सुभाष राम , राहुल गुप्ता , प्रमोद यादव लगायत  सदस्यलाई फुलमाला र अबिर लगाई  सम्मान गरिएको थियो  ।

कार्यक्रम सन्चालन बिरगंज उद्योग बाणिज्य संघका सचिव आशिष लाठले गरेका थिए भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष हरि गौतमले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बसपार्कमा वृक्षारोपण अभियान तीव्र, ‘हरित र सुन्दर वीरगन्ज’ बनाउने महानगरको लक्ष्य

पर्सा पोस्ट, साउन ३० गते, वीरगन्ज । वीरगन्ज महानगरपालिकाले वातावरण...

विपन्न परिवारलाई समाजसेवी वृजेस्वर प्रसाद चौधरीद्वारा १० हजार रुपैयाँ आर्थिक सहयोग

पर्सा पोस्ट, साउन २९ गते, वीरगञ्ज। पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकास्थित...

सामुदायिक प्रहरी–नागरिक सहकार्य सुदृढ बनाउन एसपी पवन भट्टराईको प्रतिबद्धता

पर्सा पोस्ट, साउन २८ गते, वीरगञ्ज। सामुदायिक प्रहरी सेवा केन्द्र,...