भोजपुरी प्रतिष्ठान बिरगंजको कार्य समिति पुर्नगठन , भोजपुरी भाषा , सस्कृति र साहित्यको उजागरमा लाग्न मेयर सिंहको आग्रह

Date:

अजित कुमार भुजेल , बिरगंज ।भोजपुरी प्रतिष्ठान  बिरगंजको कार्य समिति पुनर्गठन भएको छ ।

अनिता साहको अध्यक्षतामा सात सदस्यीय समिति पुनगर्ठन भएको हो । समितिको सदस्यहरुमा आमोद प्रसाद गुप्ता, सलमा खातुन, सर्वजीत पासवान, मुकेश महतो नुनीया, अमित अग्रवाल र अजय चौरसिया रहेका छन् । 

सल्लाहकारहरुमा भाषा आयोगका अध्यक्ष गोपाल ठाकुर, भाषा आयोगका सदस्य गोपाल अश्क, वरीष्ठ पत्रकार चन्द्रकिशोर झा, भोजपुरी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य एव् वरीष्ठ साहित्यकार दिनेश गुप्ता, वरीष्ठ साहित्यकार प्रमोद पाण्डे रहेका छन् ।

भोजपुरी प्रतिष्ठान बिरगंजका संस्थापक अध्यक्ष एंव साहित्यकार उमाशंकर द्विवेदीको गत २०७९ चैत १७ गते निधन भएपछि प्रतिष्ठानको गतिविधि निष्कृय भएको थियो । महानगर प्रमुख राजेशमान सिंहको प्रयासमा प्रतिष्ठानलाई पुनःसकृय बनाउन नयाँ कार्यसमिति पुनर्गठन गरिएको हो ।

बिरगंज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णको अध्यक्षता तथा बिरगंज महानगरपालिकाका प्रमुख सिँहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पुनर्गठित समितिका अध्यक्ष र सदस्यहरुलाई बुधबार एक कार्यक्रमकाबीच मनोनयन गरिएको पत्र वितरण गरीएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख सिँहले भोजपुरी भाषा, संस्कृती र साहित्यलाई उजागर गर्ने तथा जनजनको मनमनमा पुर्याउने र विकास गर्दै एउटा छुट्टै पहिचान बनाउने उद्देश्यले भोजपुरी प्रतिष्ठानको ठुलो भुमीका हुन सक्ने बताउनुभयो । उहाँले भोजपुरी भाषाको उन्नयन र संरक्षणमा प्रतीष्ठानमा विभिन्न विधाबाट आबद्ध भएका कार्य समितिका सदस्यहरुले ईमान्दारी पुर्वक भूमिका निर्वाह गर्नेमा विश्वस्त हुनुभयो । 

महानगर प्रमुख सिंहले बिरगंजका विद्यालयहरुमा कम्तीमा हप्तामा एक दिन भोजपुरी भाषा साहित्य, सस्कृतीको बारेमा कक्षा संचालन गर्ने योजनामा रहेको बताउनुभयो । साथै भोजपुरी भाषा, संस्कृती झल्काउने संग्राहलय समेत स्थापना गर्ने आफ्नो योजना रहेको पनि उहाँले सुनाउनुभयो ।  

उहाँले भोजपुरी भाषा अन्य भाषा जस्तै सम्मानजनक तथा अन्तराष्ट्रिय स्तरमा समेत बोलिने भाषा रहेकोले यसको उत्थान तथा विकासका लागि युवाहरुको आकर्षण बढाउनुपर्ने आवश्यकता औल्याउनुभएको थियो । 

त्यस्तै कार्यक्रमका अध्यक्ष एवं बिरगंज महानगरपालकिाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले स्थानीय भाषाको विकासका लागि स्थानीयकै भुमीका महत्वपुर्ण रहेको बताउनुभयो ।

उहाँले भोजपुरी भाषा, संस्कृती, साहित्य, रहनसहन, खानपान लगायतका विषयवस्तुमा आधारीत पुस्ताकलय, संग्राहलय, आर्ट ग्यालरी तथा पाठ्यक्रम तर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...