सुरक्षित गर्भपतन , बृहतर यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि अभिमुखिकरण सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज ।  बिरगंजका विद्यालयहरूमा सुरक्षित गर्भपतन, बृहत्तर यौनिकता शिक्षा, र यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु गरिएको छ।
युवा संस्थाद्वारा वीरगञ्जमा पछिल्लो चार वर्षदेखि सञ्चालित युथ एक्सेस परियोजनाअन्र्तगत अभिमुखीकरण सुरु गरिएको हो ।

परियोजना अन्तर्गत पहिलो दिन बिरगञ्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरस्थित ज्ञानसागर एकेडेमीमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई अभिमुखीकरण प्रदान गरिएको छ ।कार्यक्रममा युवाका युथ च्याम्पियनहरू सुस्मिता चालिसे,प्रिन्स कुमार साह, र राजन झालगायतको सहभागिता रहेको थियो ।

युथ च्याम्पियनहरूले विद्यार्थीहरूलाई लिंग र लैंगिकताको भिन्नता, लिंगका प्रकार, प्रजनन स्वास्थ्य, महिनावारी सुरक्षालगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा विद्यालयका प्रतिनिधि राज महतो र युवाका वीरगञ्ज संयोजक आशु सर्राफको उपस्थिति रहेको थियो । सर्राफका अनुसार युथ एक्सेस परियोजना अन्तर्गत हरेक वर्ष १० जना युथ च्याम्पियनहरू चयन गरिन्छ । तिनीहरूलाई विशेष तालिम दिएर विद्यालय स्तरमा यौनिकता र स्वास्थ्यसँगै सुरक्षित गर्भपतन सम्बन्धी चेतना फैलाउने काम गरिँदै आएको छ । विगत चार वर्षदेखि वीरगञ्जमा सञ्चालित युथ एक्सेस परियोजनाले सुरक्षित गर्भपतन र यौनिकतासम्बन्धी जानकारी अभिवृद्धि गर्दै युवाहरूलाई सशक्त बनाउने उद्देश्यले काम गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...