बिरगंज कपडा बैंकद्वारा छठपर्वको अवसरमा कपडा बितरण

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज कपडा बैँकले छठ पर्वको अवसरमा साडी तथा लत्ताकपडा वितरण गरेको छ ।

बिरगंजको मुख्य सडकमा रहेको घण्टाघर अगाडि  कपडा बैँकले सोमबार दिउँसो ३:३० बजे व्रतालुहरुका लागि २५ थान नयाँ साडी तथा ११ सय थान पुरानो कपडा वितरण गरेको हो ।

प्रत्येक आइतबार देखि शुक्रवार सम्म बिहान साढे १० बजेदेखि ५ बजेसम्म बिरगंज  वडा नम्बर ८ स्थित आफ्नो कार्यालयबाट निशुल्क रुपले कपडा वितरण गर्दै आएको छ ।

संस्थाका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी, सल्लाहकारहरु अधिवक्ता पन्नालाल गुप्ता, सुश्मा तिवारी, अखिलेश तिवारी, मिन्टु सिंह र समाजसेवी हुकुम सिंह,प्रकाश थारु , वीरगन्ज कपडा बैंकका मनोज मिश्रा, मोनिका सिंह, राजेन्द्र भट्टराई, युवा अभियान्ताहरु केदार गुप्ता, रियान्स सिंह राजपुत , सतिस सिंह राजपुत, राजेश श्रीवास्तव, जनमत पार्टीका  नेता ओम प्रकाश सरार्फ, पत्रकार कान्ति शाह , अजित भुजेल , सामुदायिक प्रहरी कुम्हाल टोलका सचिव श्रवण रायमाझी, सदस्यहरु निला राम, जानकी देवि, अभिलाष गुप्ता लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिवक्ता कुर्मिले भने, ‘दिन दुखी असहायको सेवा सहयोग गर्ने उद्देश्यले वीरगन्न कपडा बैँकको स्थापना भएको हो, तपाइहरु जो संग धेरै कपडा छ, हामीलाइ दिनुस् र जसलाइ कपडाको आवश्यकता छ, उनीहरुले हामीसँगबाट लैजानुस् भन्ने मुलमन्त्र अंगालेर विगत ६ वर्षदेखि नागरिकहरुलाइ घर आगनमा पुगि निशुल्क कपडा उपलब्ध गराएका छौ ।’

उनले आफ्नो कमाइको ५ देखि १० प्रतिशत रकम सामाजिक सेवा तथम दिन दुखीको सेवामा खर्चिनु पर्ने बानी बसाल्न आग्रह गरे ।

बिरगंज  कपडा बैँकको यो कार्य प्रशंसनीय रहेको भन्दै उनले सहयोगी सम्पूर्णदाताहरुमा धन्यवाद ज्ञापन गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

लायन्स क्लब इन्टरनेशनल जोन ३७ द्वारा वीरगञ्ज कपडा बैंकलाई कपडा सहयोग, निरन्तर सहकार्यको प्रतिबद्धता

पर्सा पोस्ट, श्रावण २४ गते, वीरगञ्ज। सामाजिक सेवामा सक्रिय लायन्स...

सबैया साझेदारी वन उपभोक्ता समूहको प्रथम साधारणसभा सम्पन्न, वन संरक्षणमा जनसहभागिता बढाउन मन्त्रीहरूको जोड

पर्सा पोस्ट, साउन २४ गते, वीरगञ्ज (पर्सा)। पर्सा जिल्लास्थित सबैया...

राउन्ड टेबल नेपाल र रोट्याक्ट क्लबको संयुक्त रक्तदान : ५८ युनिट रगत संकलन, ‘मानवता बलियो बनाउन नियमित रक्तदान गरौं’

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। वीरगञ्जमा पछिल्लो समय देखिएको...

मनियारी मुसहर टोलमा वीरगञ्ज कपडा बैंकद्वारा ६ सय थान निःशुल्क कपडा वितरण

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। मानवीय सेवामा निरन्तर सक्रिय...