बिरगंज कारागारमा रहेका महिला बन्दिहरुको लागि रुङ्गटा वेल फेयर सोसाइटीद्वारा खाद्यान्न तथा साडि बितरण

Date:

अजित कुमार भुजेल , बिरगंज ।हिन्दूहरूको महान चाड छठ पर्वको अवसरमा सोमबार वीरगंज काराकारमा खाद्यन्न तथा साडी बितरण गरिएको छ ।

ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा  सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर पर्साको आयोजनामा र रुङ्गटा वेयल फेयर सोसाइटी बिरगंज पर्साको सहयोगमा सो समाग्री बितरण गरिएको थियो । 

ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षता तथा  रुङ्गटा  वेयल फेयर सोसाइटी बिरगंज पर्साका अध्यक्ष सुरेश रुँगटाको प्रमुख आतिथ्यमा बिरगंज कारागारमा रहेका बिपन्न परिवारहरुलाई  ६० थान साडी , पिठो २ केजिको दरले १२० किलो ग्राम र दलित समुदाय गरी ३२० थान साडि वितरण गरिएको ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष खेतानले जानकारी दिनुभयो ।

हरेक बर्ष  छ्ठपर्वलाई लक्षित गरि बिरगंज  कारागारमा रहेका कैदि  दिदिबहिनीहरुको आर्थिक अवस्थाले गर्दा सो पर्व मनाउन कठिन नहोस भन्ने उदेश्यले सो कार्यक्रम गर्ने गरेको खेतानले बताए ।

सो कार्यक्रममा कारागार प्रमुख बिनय श्रीवास्तव , सप्रबल कारागार सुरक्षा वेश बिरगंजका सप्रनाउ प्रकाश पौडेल ,  जिल्ला प्रहरी कार्यालयपर्सा प्रनि रमेश कुमार तिमल्सिना , वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईं , जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक लोकराज भट्ट , ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष सन्जय शर्मा , सदस्य त्रिलोक चन्द दारुका , सुसिल कादमिया ,चन्द्र अग्रवाल , राकेश अग्रवाल , कैलाश बजाज ल, जेष्ठ नागरिक  वसन्त उपाध्याय  ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर पर्साका प्रहरी हवल्दार बिबेक राउत कुर्मी  ईन्चार्ज प्रहरी हवल्दार  प्रेम राम , सन्चारकर्मि  अजित भुजेल , संतोषमान रन्जितकार , सुस्मिता यादब र सन्जय कुशवाह  लगायतको उपस्थित रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

लायन्स क्लब इन्टरनेशनल जोन ३७ द्वारा वीरगञ्ज कपडा बैंकलाई कपडा सहयोग, निरन्तर सहकार्यको प्रतिबद्धता

पर्सा पोस्ट, श्रावण २४ गते, वीरगञ्ज। सामाजिक सेवामा सक्रिय लायन्स...

सबैया साझेदारी वन उपभोक्ता समूहको प्रथम साधारणसभा सम्पन्न, वन संरक्षणमा जनसहभागिता बढाउन मन्त्रीहरूको जोड

पर्सा पोस्ट, साउन २४ गते, वीरगञ्ज (पर्सा)। पर्सा जिल्लास्थित सबैया...

राउन्ड टेबल नेपाल र रोट्याक्ट क्लबको संयुक्त रक्तदान : ५८ युनिट रगत संकलन, ‘मानवता बलियो बनाउन नियमित रक्तदान गरौं’

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। वीरगञ्जमा पछिल्लो समय देखिएको...

मनियारी मुसहर टोलमा वीरगञ्ज कपडा बैंकद्वारा ६ सय थान निःशुल्क कपडा वितरण

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। मानवीय सेवामा निरन्तर सक्रिय...