नेपाल सरकारका खानेपानी मन्त्री यादवद्वारा नगवा पोखरीको स्थलगत निरीक्षण

Date:

अजित कुमार भुजेल , बिरगंज । जनता समाजवादी पार्टीका उपमहासचिव तथा नेपाल सरकारका खानेपानी मन्त्री माननीय प्रदिप यादवले छठलाई मध्यनजर गर्दै बिरगंज  महानगरपालिका वडा नम्बर १६ स्थित नगवा पोखरीको स्थलगत निरीक्षण गरेका छन ।

सोमबार बिहान उनले नगवा पोखरीको स्थलगत अनुगमन गरेका थिए । सो क्रममा मन्त्री यादवले पोखरी क्षेत्रको सरसफाइ, सौन्दर्यीकरण र अधुरा संरचनाहरूको निर्माण कार्यलाई चाँडो सम्पन्न गर्न प्रतिबद्धता जनाएका थिए ।

मन्त्री यादवले नगवा पोखरीलाई व्यवस्थित, आकर्षक बनाउन बिरगंज  महानगरपालिकाका कर्मचारीहरूलाई समेत एकजुट भएर काम गर्न अनुरोध गरेका थिए। उनले भने छठ हाम्रो सांस्कृतिक पहिचान र आस्थाको प्रतिक हो । यसलाई गरिमामय र सफल बनाउन बिरगंज  महानगरपालिका सबै संघसंस्था र नागरिक समाजले एकताबद्ध प्रयास गर्नु जरुरी छ। सरसफाइ तथा अन्य व्यवस्थापनमा कुनै पनि कमी नगर्न आग्रह गर्दै छठलाई भव्य र व्यवस्थित बनाउनमा ध्यान दिनुपर्ने बताएका थिए।

मन्त्री यादवले समाजका हरेक व्यक्तिको सकारात्मक सहभागिताले विकास र समृद्धिलाई तीव्रता दिन सक्ने बताउँदै छठ जस्ता पर्वहरूले समाज प्रतिको दायित्व र सेवा भावलाई प्रोत्साहन गर्ने धारणा समेत  राखेका थिए ।

बिरगंज महानगर पालिकाका मेयर राजेशमान सिंह , वडा अध्यक्ष , पार्टीका कार्यकर्ता , नेताहरु र स्थानीयबासिहरुको सहभागी समेत रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...