उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साद्वारा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको स्वागत

Date:

अजित कुमार भुजेल , बिरगंज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल जिल्ला कार्य समिति पर्साले मंगलवार  एक कार्यक्रमको आयोजना गरी जिल्ला प्रशासन कार्यालय पर्सामा नया आउनु हुने पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई स्वागत गरेको छ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीको कार्य कक्ष मै पुगि  उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साका अध्यक्ष सुनिल श्रेष्ठको नेतुत्वमा गएको टोलिले स्वागत तथा परिचात्मक कार्यक्रम गर्नुको साथै  बिरगंजका समसामयिक बिषयहरुबारेमा जानकारी गराउनु भएको थियो ।

सो टोलिमा उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय उपाध्यक्ष अजय अधिकारी , जिल्ला उपाध्यक्ष अजित कुमार भुजेल , सचिब बिशाल झा , कोषाध्यक्ष रचेन्द्र सिंह थापा , सदस्य मनोज कुमार गुप्ता , प्रकाश कुमार शाह , रोशनि श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

स्वागत कार्यक्रम  प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भोलिका दिनमा उपभोक्ता हित संरक्षण मञ्च नेपाल सङ्ग हातेमालो गर्दै बजारका बिबिध समस्यालाई समाधान गर्न सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
जिल्लामा  उपभोक्ता हित बिपरित कुनै कार्य गर्ने जुन सुकै व्यवसायि भएपनि कानुनी कार्वाही गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

सकारात्मक सोच , बिश्वास र मानवताले जिवनलाई सहि दिशा दिन्छ : बिमल सरार्फ

पर्सा पोस्ट, असार १० गते, रक्सौल (पूर्वी चम्पारण)। सामाजिक कार्यकर्ता...

बिरगंज महानगरपालिकाको २० औं अधिवेशनमा ४ अर्ब ४२ करोडभन्दा बढीको बजेट प्रस्तुत

पर्सा पोस्ट, असार १० गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको २०...

सकारात्मक सोच , विश्वास र मानवीय गुणले जीवन सफल बन्छ : बिमल सरार्फ

पर्सा पोस्ट , असार ०९ गते , रक्सौल, पूर्वी...