नियमित र प्रभावकारि बजार अनुगमनको माग राख्दै उपभोक्ता हित संरक्षण मञ्च नेपाल नवलपरासिद्वारा प्रजिअलाई ध्यानाकर्षण पत्र

Date:

अजित कुमार भुजेल , बिरगंज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल जिल्ला कार्य समिति नवलपरासीले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

चाडपर्व नजिकिदै जादा महगि र कालाबजारि बढेको भन्दै बजार नियन्त्रण गर्न माग राख्दै उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय सदस्य रामजि ज्ञवालि र जिल्ला अध्यक्ष अधिवक्ता सरस्वती शर्माले नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्क्रिम श्रेष्ठलाई ज्ञापनपत्र बुझाउदै नियमित र प्रभावकारि बजार अनुगमन गर्न ध्यानाकर्षण गराएका थिए ।

दशै , तिहार , छठ लगायतको चाडपर्वको मौका छोपेर बजारमा मुल्यबृद्वि , कृत्रिम अभाव , कालाबजारि , गुणस्तरहिन वस्तुहरुको बिक्री बितरण भैइरहेको आम नागरिकबाट गुनासो आईरहेको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय र सम्बन्धित बिषयगत कार्यालयले उपभोक्ता ठगि गर्ने कार्य नियन्त्रण गर्न तदारुकता नदेखाएकोले प्रशासनको ध्यानाकर्षण गराएको मञ्चका केन्द्रिय सदस्य ज्ञवालिले बताए ।

बार्षिक रुपमा कार्ययोजना बनाएर नियमित रुपमा बजार अनुगमन गर्नुपर्नेमा त्यसो नभएको र चाडपर्व सुरुभैइ सक्दा पनि बजार अनुगमनमा संघ , प्रदेश र स्थानीय तिनै तहका सरकारले उदासिनता देखाउदा मञ्चले चासो गरेको ज्ञवालिले बताए ।
<span;>त्यसैगरि मञ्चकि जिल्ला अध्यक्ष सरस्वती शर्माले चाडपर्वको समयमा दैनिक उपभोग्य सामाग्रीको सहज र सरल रूपमा पहुँच हुने व्यवस्था गर्न, देखावटी बजार अनुगमन भन्दा नेपाल सरकारले तोकेको र कार्वाही गर्ने अधिकार प्राप्त निरीक्षण अधिकृतको नेतुत्वमा नियमित र प्रभावकारि बजार अनुगमन गर्न , चाडपर्वमा बढी खपत हुने खाद्यबस्तु , माछामासु , लत्ताकपडा , फलफूल , तरकारी एवं अतिआवश्यक वस्तुहरु , यातायात , होटेल , मिठाइ पसलमा गुणस्तरिय वस्तु तथा सेवा प्राप्त बातावरण बनाई उपभोक्ताले महशुस गर्ने गरि परिणाममुखि बजार व्यवस्थापनको कार्यलाई तत्काल अघि बढाउन माग गरेको जानकारी दिनुभयो।

उपभोक्ता हित संरक्षण मञ्च नेपालले चाडपर्व लक्षित मात्र नभैइ अन्य समयमा पनि नियमित र प्रभावकारि बजार अनुगमनलाई तिब्रता दिन समेत ध्यानाकर्षण गराएका थिए ।

त्यसैगरि प्रमुख जिल्ला अधिकारी स्क्रिम श्रेष्ठले ध्यानाकर्षण पछी बजार अनुगमनलाई तिब्बत दिन घरेलुु तथा साना उद्योग कार्यालयलाई निर्देशन दिनु भएको थियो र बजार अनुगमन भैइरहेको दाबि गर्दै प्रजिअ श्रेष्ठले चाडपर्व लक्षित बजार अनुगमनलाई अझ तिब्रता दिईने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बाढीपीडितलाई तत्काल राहत र बजारमा कालोबजारी नियन्त्रण गर्न उपभोक्ता हित संरक्षण मञ्चको अपिल

पर्सा पोस्ट, भदौ २१ गते, वीरगञ्ज । उपभोक्ता हित संरक्षण...

क्यासिनोमा ‘पद–पहुँच’ चलेन : गाउँपालिका अध्यक्ष र इन्स्पेक्टरसहित ८ जना प्रहरी नियन्त्रणमा

पर्सा पोस्ट, भदौ २१ गते, वीरगञ्ज । वीरगञ्जमा नेपाली नागरिकलाई...

‘प्याब्सन स्मार्ट माइन्ड्स’को सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

पर्सा पोस्ट, भदौ २१ गते, वीरगन्ज । प्याब्सन वीरगन्जको आयोजनामा...

लायन्स क्लब गेटवेको हरियाली अभियान : मुस्लिम महिला हाईस्कुलमा ५५ वटा बिरुवा रोपियो

पर्सा पोस्ट, भदौ २१ गते, वीरगञ्ज । ‘वृक्षारोपण गरौँ–पर्यावरण जोगाऔँ’...