सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलद्वारा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंको स्वागत तथा परिचात्मक कार्यक्रमको आयोजना

Date:

अजित कुमार भुजेल , बिरगंज । समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलद्वारा वडा प्रहरी कार्यालय बिर्तामा आउनु भएको प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईलाई  स्वागत गर्नुको साथै परिचयात्मक कार्यक्रमको समेत आयोजना गरेको थियो।

सोमबार सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका अध्यक्ष रमेश कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको  स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक चौलागाईले शान्तिसुरक्षा कायम राख्न सुरक्षा निकाय सदैव स्थानीयवासीको साथमा रहेको बताए ।

उनले यस क्षेत्रका जनताको सहयोग र साथ पाएमा अझ सशक्तरुपमा आफू लाग्ने विचार व्यक्त गरे ।

कार्यक्रममा अतिथिमा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका संरक्षक तथा बिरगंज महानगरपालिका वडा न. ५ का वडाअध्यक्ष प्रदीप कुमार चौरसिया, कन्चनजङ्ग बोर्डिङ्ग स्कुलका डाइरेक्टर मारर्टिन  मोक्तान , मुनलाइट स्कुलका संचालक श्याम के.सी. , वडा न. ५ का वडा सदस्य मनोज कुमार साह , कुम्हालटोल सुधार समितिका अध्यक्ष नन्दलाल राउत अहिर, सहसचिव रितेश गुप्ता, गोबिन्द ताम्राकार, सामुदायिक प्रहरी सेवा कुम्हालटोलका पदाधिकारी तथा आजिवन सदस्य लगायतको उपस्थितिमा रहेको थियो।

सो कार्यक्रम संचालन सामुदायिक प्रहरी सेवा कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

लायन्स क्लब इन्टरनेशनल जोन ३७ द्वारा वीरगञ्ज कपडा बैंकलाई कपडा सहयोग, निरन्तर सहकार्यको प्रतिबद्धता

पर्सा पोस्ट, श्रावण २४ गते, वीरगञ्ज। सामाजिक सेवामा सक्रिय लायन्स...

सबैया साझेदारी वन उपभोक्ता समूहको प्रथम साधारणसभा सम्पन्न, वन संरक्षणमा जनसहभागिता बढाउन मन्त्रीहरूको जोड

पर्सा पोस्ट, साउन २४ गते, वीरगञ्ज (पर्सा)। पर्सा जिल्लास्थित सबैया...

राउन्ड टेबल नेपाल र रोट्याक्ट क्लबको संयुक्त रक्तदान : ५८ युनिट रगत संकलन, ‘मानवता बलियो बनाउन नियमित रक्तदान गरौं’

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। वीरगञ्जमा पछिल्लो समय देखिएको...

मनियारी मुसहर टोलमा वीरगञ्ज कपडा बैंकद्वारा ६ सय थान निःशुल्क कपडा वितरण

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। मानवीय सेवामा निरन्तर सक्रिय...