महाबिर पुन बिरगंजमा आफ्नो जिवनकथा पुस्तक बिक्रि गर्दै

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंजको कृषि औजार कारखाना सन्चालनको जिम्मा लिएका राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महाविर पुन आज बिरगंज आइपुगेका छन ।

कारखाना संचालन हेतु आवश्यक रकम को जोहो गर्न आफ्नो जिवनकथा देश भरी बिक्रि गर्ने क्रममा बिहिबार बिरगंज आइपुगेका बैज्ञानिक पुन एकाबिहानै घण्टाघर अगाडि रामजन्म तिवारीको शालिक अगाडि किताब बेच्दै हुनुहुन्थ्यो ।

देशको कर्णाली प्रदेश ,सुदुरपश्चिम ,गण्डकी ,बागमती प्रदेश का ३४ जिल्लामा किताब बेचिसकेर पुन मधेश प्रदेशको बाराको सिमरापछि पर्सा जिल्लाको बिरगन्जमा आइपुगेको अहिले सम्म १ लाख ३० हजार भन्दा बढि किताब बिक्री भैसकेको बताउनु भयो । वीरगन्ज कृषि औजार कारखाना संचालनको लागि नै यो अभियानमा होमिएकोले सम्पूर्ण बिरगन्जवासिले यसलाइ हृदय देखि मनन गरि किताब किनेर सहयोग गर्न बिशेष आग्रह गर्दै आफुले  खास गरि विद्यार्थी ,युवाहरुलाई जिवनमा समस्याहरु संग लडन , अगाडि बढन शक्ति सामर्थ्य प्रेरणा पाओस भनी लक्ष्य लिएर यो किताब लेखेकोले सम्पुर्ण विद्यार्थी ,युवाहरु माझ यो किताब पुर्याइदिन आग्रह गरे ।

बिरगन्जमा जब सम्म किताब बिक्रि हुन्छ हामी बस्छौ र त्यसपछि मधेशका प्रत्येक जिल्लाका सबै नगरपालिका , गाउपालिका हुँदै कोशी प्रदेश तिर लाग्ने योजना रहेको पुनले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...