अजित कुमार भुजेल , बिरगंज । न्युज २४ को प्रादेशिक ब्यूरो कार्यालय मधेस प्रदेशको उद्घाटन समारोह कार्यक्रम आज सम्पन्न भएको छ ।
न्युज २४ मधेस प्रदेशका केन्द्रिय ब्यूरो प्रमुख राजु श्रेष्ठको सभापतित्वमा तथा मधेस प्रदेशका मुख्यमन्त्री माननीय सतिश सिंहको प्रमुख आतिथ्य बिरगंज वडा न.१० आदर्शनगरमा रहेको कार्यालयको उद्घाटन भएको थियो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री माननीय सतिश सिंहले सर्वप्रथम मधेस प्रदेश कै आर्थिक राजधानी बिरगंजमा न्युज २४ को प्रादेशिक कार्यालयको सुभारम्भ गरेकोमा बधाई दिदै आवाज बिहिनहरुको आवाज बनेर , जति पनि अप्ठ्यारा कुराहरु छन ती अप्ठ्यारा कुराहरूको उजागर गर्ने यहाहरुको भुमिका देखियोस भन्ने सुभकामना समेत दिएका थिए ।
यस मिडियाले केन्द्रिय सरकार लगायत विभिन्न निकायहरु छ , त्यसमा परिवर्तन गर्न तपाईंहरुको पनि ठुलो योगदान र ठुलो पहलको आवस्यकता रहेको भन्दै प्रहरी संगठन मधेश प्रदेश सरकारको मातहतमा नभएको भन्दै सघियता आएको आज लगभग ७ बर्ष भैइ सकेको छ , त्यस दरम्यान प्रहरी समायोजनको काम नभएको भन्दै अहिले प्रहरी समायोजन होस , प्रदेश सरकारको मातहतमा हुनु पर्ने बताए ।
प्रदेश सरकार जहिले पनि पत्रकारहरुको साथमा रहेको भन्दै , मधेस प्रदेश सरकारले आउने आर्थिक बर्ष देखि पत्रकारहरुको हकहितको लागि १ लाखको स्वास्थ्य बिमा र ७ लाखको दुर्घटना बिमा गर्ने , त्यसैगरि पत्रकारिता क्षेत्रमा उच्चशिक्षा हासिल गर्न चाहनेहरुलाई छात्रवृत्तिको पनि व्यवस्था गरेको सिंहले जानकारि दिनुभयो ।
त्यसैगरि अब यो प्रादेशिक कार्यालयले केवल यहाका घटना र पत्रकार सम्मेलन मात्र नभैइ यहाबाट अब नया ४ वटा कार्यक्रम सन्चालन हुने जानकारी न्युज २४ का केन्द्रिय ब्यूरो चिप राजु श्रेष्ठले जानकारि दिनु भयो ।
मधेस पर्यटन सम्बाद भनेर यो कार्यक्रम प्रत्येक शुक्रबार बेलुकी ९ बजे प्रसारण हुने छ र त्यसको पुन प्रसारण शनिबार बिहान ८:३० बजे हुने छ । त्यसैगरि शिक्षा सरोकार कार्यक्रम सन्चालन हुने , अर्को सम्बाद मधेस अर्थ सम्बाद त्यो पनि चाडै सन्चालन हुने छ । अब तपाईहरुको आफ्नै बिरगंजबाट प्रत्येक समस्या आर्थिक , सामाजिक , सास्कृतिक र धार्मिक , शिक्षा , स्वास्थ्यको समस्या अब यहि स्टुडियोबाट आफू आएर आफ्नो गुनासो र समस्या राख्न सक्नु हुनेछ ।
सो कार्यक्रममा मधेस बिश्व बिधालयका उपकुलपति प्रोफेसर डा. दिपक शाक्य , नेपाल उद्योग वाणिज्य महा संघ मधेस प्रदेश अध्यक्ष अशोक टेमानी , केन्द्रिय सदस्य डा. सुबोध गुप्ता , नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान , बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल , लोसपाका नेता नेजामुदिन समानी , जनमत पार्टीका पर्सा अध्यक्ष ओमप्रकाश सरार्फ , बिरगंज युवा समाजका अध्यक्ष सन्जीव थापा , डा. प्रमोद सरार्फ , प्रेस चौतारी पर्साका अध्यक्ष तुलसी भन्डारी , उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साका उपाध्यक्ष अजित भुजेल , ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतान , रुङ्गटा वेलफेयर सोसाइटी पर्साका अध्यक्ष सुरेश रुङ्गटा , वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सन्चालन न्युज २४ का पर्सा सम्बादाता मुस्कान श्रेष्ठले गरेका थिए ।