बिरगंजमा अखाद्य घ्यु उत्पादन गर्ने श्रीराधा बेकरि सटिङ रिपैकिङ्ग उद्योगमा प्रशासनद्वारा शिल

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंजमा अखाद्य घ्यू उत्पादन गर्ने एक उद्योगमा बुधबार प्रशासनद्वारा छापामारि गरेको छ ।

उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साले अखाद्य घ्यू उत्पादन र बिक्रि बितरण गर्दै आएको भन्ने उजुरीको आधारमा बिरगंज महानगर पालिका वडा न.१५ भेडियाहीमा रहेको श्रीराधा बेकरी सटिङ्ग रिपैकिङ्ग उद्योगमा जिल्ला प्रशासन कार्यालय पर्साले  आज छापामारी गरेको हो ।

सो उद्योगमा घ्यु बनाउने नाममा अखाद्य बस्तु , केमिकल प्रयोग गरेको र केक पाउरोटीमा प्रयोग हुने बेकरि सटिङ्लाइ घ्यु भन्दै प्याकिङ्ग बिक्रि बितरण गर्ने स्थल र नक्कली लेबल सहित अखाद्य घ्यू र घ्यु मा प्रयोग हुने सामान र भाडाकुडा सहित पक्राउ गरि उद्योगको कागजात माग्दा नभएकोले तत्काललाई सो उद्योगमा शिल गरिएको खाद्य तथा गुण  नियन्त्रण कार्यालय बिरगंजका प्रमुख सुरेश कुमार सिंहले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय पर्साको नेतुत्वमा गएको टोलिमा खाद्य तथा गुण नियन्त्रण कार्यालय पर्सा , बाणिज्य कार्यालय बिरगंज , उपभोक्ता हित संरक्षण मञ्च , जिल्ला प्रशासन कार्यालय पर्सा , जिल्ला प्रहरी कार्यालय पर्सा , पत्रकारहरुको टोलि रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शैक्षिक संस्थाबाट दलीय संगठन हटाउन प्रधानमन्त्रीको कडा निर्देशन

पर्सा पोस्ट, बैशाख ०७ गते, काठमाडौं । बालेन्द्र शाहले विश्वविद्यालय...

बिरगंजमा सशस्त्र प्रहरी बलको १९ औं स्थापना दिवस भब्य रुपमा सम्पन्न

पर्सा पोस्ट, बैशाख ०७ गते, वीरगञ्ज । सशस्त्र प्रहरी बल...

विपन्न परिवारको बिहेवारीमा सहयोग : जगरनाथपुरमा खाद्यान्न वितरण

पर्सा पोस्ट, बैशाख ०७ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–५...