मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८ औं राष्ट्रिय दिवसको अवसरमा बृहत सरसफाइ तथा पर्चा पम्पलेट बितरण

Date:

अजित कुमार भुजेल , बिरगंज । तिनै तहका सरकारको प्रतिबद्धता :- मानव बेचबिखन विरुद्ध सबैको एक्यवद्धता भन्ने नाराका साथ मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८ औं राष्ट्रिय दिवस २०८१ को अवसरमा सरसफाइ तथा पर्चा पम्पलेट बितरण कार्यक्रम सम्पन्न भएको छ ।

आज बिरगंज महानगर पालिका वडा न.१६ स्थित रजतजयन्ती चौकदेखि शंकराचार्य गेटसम्म सचेतनामुलक सरसफाइ र ब्रोसर बितरण तथा दिप प्रज्वलन समेत गरिएको थियो ।

सो कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल , जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेल , बिरगंज महानगर पालिकाका प्रमुख , सशस्त्र प्रहरी प्रमुख , माईति नेपाल , आशिष सामाजिक सेवा नेपाल , आफन्त नेपाल , सन्चारकर्मि , समाजसेवी तथा सशस्त्र प्रहरी , जनपद प्रहरी , सामुदायिक सेवा केन्द्र छपकैयाका पदाधिकारीहरु , प्रहरीहरुको समेतको उपस्थितमा बृहत सरसफाइ कार्यक्रम सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

३० दिने नि:सुल्क सिलाई तालिम सम्पन्न : रक्सौलमा ५० महिलालाई आत्मनिर्भर बन्ने अवसर

पर्सा पोस्ट बैशाख ०२ गते, रक्सौल । भारत–नेपाल सीमावर्ती क्षेत्र रक्सौलमा...

प्रभावकारी सार्वजनिक वक्तृत्वकला तालिम सम्पन्न , युवामा आत्मबिश्वास वृद्वि हुने अपेक्षा

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगंज । बिरगंज जेसीजको सप्ताहव्यापी...

बिरगंजमा मानव अधिकार रक्षकहरुको अवस्थामाथि गहन छलफल , ” सेफ हाउस ” अभाव मुख्य चुनौती

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगञ्ज । मानव अधिकार रक्षकहरूको...

भारतीय नम्बर प्लेटका सवारीमाथि बिरगंजमा कडाइ : ११ चालक कारवाहीमा

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगञ्ज । जिल्ला ट्राफिक कार्यालय...