अजित कुमार भुजेल , बिरगंज । नेपाल रेडक्रस सोसाइटीको ६२ औ स्थापना दिवसको अवसरमा रेशमकोठी उपशाखा बिरगंजद्वारा आज बिहान शुभकामना आदानप्रदान एवं डेंगु रोग सम्बन्धित पर्चा पम्पलेट वितरण गरि सभ्य एवं भव्य रुपले मनाएको छ।
प्रमुख अतिथी वरिष्ठ समाजसेवी अधिवक्ता प्रकाश कुमार उपाध्यनयले बिरगंज -५ रेशमकोठिमा अवस्थित उपशाखा कार्यालयमा रेडक्रसका जन्मदाता जान हेनरी डयुनाको तस्विरमा फुलमाला अबिर चढाएर दिप प्रज्जवलन गरि कार्यक्रमको समुदघाटन गरेका थिए ।
कार्यक्रममा सहभागी सम्पुर्णले पनि फुल अबिर अर्पण गरि ड्युना प्रती श्रद्धा सुमन प्रकट गरेका थिए । तत्पश्चात उपशाखा बाहिरको सडक एवं ६ नम्बर गेट चोक लगायतका स्थानहरुमा बटुवा, मोटरसाइकल ,साइकल, ई रिक्सा ,स्कुलका बस विद्यार्थीहरु,जिप कारका चालक र सवारिहरुलाइ डेंगु रोग सम्बन्धि सचेत रहन सचेतनामूलक पर्चाहरु वितरण गरिएको थियो ।
सो अवसरमा प्रमुख अतिथी उपाध्यायले युद्धको भुमिमा गोलि बारुद लागेर छटपटाईरहेका पिडितहरुलाइ उद्धार गरि उपचार गर्नु र खुनको जोहो गरि ज्यान जोगाएर जान हेनरी डयुनाको मानविय कार्यको कारण रेडक्रसको जन्म भएको हो र नेपालमा रेडक्रसको जन्म भएदेखिनै एम्बुलेन्स ,रक्तसञ्चार केन्द्र लगायत विभिन्न सेवामुलक कार्य गरि दिन दुखी असहाय पिडामा रहेकाहरुको निस्वार्थ सेवा गर्दै आएकोले आफू पनि रेडक्रसकर्मी भएकोमा खुशी र गर्व लाग्छ ।
सेवा नै मानवको सर्बोत्तम धर्म हो कर्म हो भनी हाम्रो धार्मिक ग्रन्थ पुराणहरुमा पनि उल्लेख भएकोले प्राणिमा सर्वश्रेष्ठ हामी मानवहरुले दिनदुखी असहाय र पिडामा रहेकाहरुको सेवा सहयोग गरि मानवता बलियो बनाउन आग्रह गर्दै उपाध्यायले सहभागी एवं सम्पुर्ण रेडक्रसकर्मी,स्वयंसेवकहरुलाई नेपाल रेडक्रस दिवसको बधाई तथा शुभकामना प्रदान गरेका थिए ।
उपशाखाका सभापती श्री नारायण यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा वरिष्ठ सल्लाहकारद्वय सुरेन्द्र मिश्र, गौरी गुप्ता , सदस्यहरु भागवत चौधरी,श्रवण बहादुर रायमाझी , युवा संयोजक अभिलाष गुप्ता, आरकेड का टिम लिडर राजु साह, रामसुदिष्ट लाल कर्ण ,अमन पटेल,सागर लामा लगायतको सहभागिता रहेकाे कार्यक्रममा स्वागत मन्तव्य उप शाखाका उपसभापति सुरेन्द्र कानुले गरेका थिए भने सहजीकरण सचिव लालबाबु सिंहले गरेका थिए ।