बाराको जितपुरसिमरा उपमहानगर पालिका -१६ मा यात्रुबाहक बस दुर्घटना हुदा १३ जना घाइते १ महिलाको अवस्था गम्भीर

Date:

अजित कुमार भुजेल , बिरगंज । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ मा आज बिहान करीब १० बजे भएको यात्रुवाहक बस दुर्घटनामा १ जना महिला गम्भीर घाइते हुनुको साथै १३ जना घाइते भएका छ्न ।

रौतहट मलंगवाबाट वीरगंजका लागि छुटेको ना ४ ख ७१९४ नम्बरको बस दुर्घटनामा परेको थियो । अन्य गाडीलाई ओभरटेक गरेर अगाडी जान खोज्दा सडक चिप्लो हुँदा बस अनियन्त्रित भइ सडक छेउमा पल्टिएको बारा ट्राफिक प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी गराएका छ्न ।

उनका अनुसार दुर्घटनामा १ जना महिला गम्भिर घाइते भएकी छिन् । रौतहट बस्ने अन्दाजी ४२ वर्षकी सन्झा देवी गम्भिर घाइते भएकी हुन् । यस्तै दुर्घटनामा ३ जना मध्यम र अन्य सामान्य घाइते भएका प्रवक्ता काफ्लेले बताए ।

घाइतेहरुको सिमरा स्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाईते भएकी सन्झा देवी लाई  पर्साको नारायणि बयोध्या अस्पतालमा रेफ गरिएको प्रवक्ताले बताएका छन् ।

बसका चालक सर्लाहि  मलंगवाका ९ बस्ने करीब ४५ का राजनारायण महतो फरार छन् भने सहचालक मलंगवाका राकेश कुमार साहलाई प्रहरीले आफनो नियन्त्रणमा लिएको छ ।

चालक फरार रहेकाले उनको खोजी हुनुको साथै  घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले जनाएको छ । बसमा करीब ३० जना यात्रु रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

खाद्य स्वच्छता उल्लंघन गर्ने व्यवसायीमाथि कारबाही, नियमित अनुगमनले बजार सुधार हुने विश्वास

पर्सा पोस्ट, भदौ ५ गते, वीरगञ्ज । वीरगञ्जमा उपभोक्ताले...