नेपाली आधारभूत साङ्केतिक भाषाको १ महिने तालिमको समापन तथा प्रमाणपत्र बितरण

Date:

अजित कुमार भुजेल , बिरगंज । पर्सा बहिरा संघको आयोजनामा तथा बिरगंज महानगरपालिकाको आर्थिक सहयोगमा नेपाली आधारभूत साङ्केतिक भाषा १ महिने तालिमको समापन तथा प्रमाणपत्र बितरण समारोह कार्यक्रम सम्पन्न भएको छ ।

श्री द्वार देबि माबि अलौ -१७ मा पर्सा बहिरा संघका अध्यक्ष समिक्षा सापकोटाको अध्यक्षतामा तथा बिरगंज महानगर पालिकाका वडा न.१७ अलौका वडा सदस्य अमरि देबि रामको प्रमुख आतिथ्यमा सो प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न भएको थियो ।

नेपाली आधारभूत साङ्केतिक भाषाको १ महिने तालिमले विशेष गरि बहिरा नागरिकहरुलाई घरपरिवार , समाज र सार्वजनिक ठाउहरुमा सबैले बुझ्ने र बुझाउन सक्ने भएकोले यो तालिमले धेरै सहयोग पुग्ने प्रमुख अतिथि रामको भनाई रहेको थियो ।

सो कार्यक्रममा श्री द्वार देबि माबिका प्रधानाध्यापक दयाकान्त झा, बहिरा बिधालयका प्रधानाध्यापक सगुन श्रेष्ठ , पर्सा बहिरा संघका उपाध्यक्ष उमेश कुमार गुप्ता , कोषाध्यक्ष जुल्फकार अन्सारी , सदस्य कृष्ण टिबडेवाल , जगदीश कामति , शिल्पा कुमारि कर्ण , दोभाषे अर्चना कुमारी कर्ण , विद्यार्थीहरु निहारिका यादव , नन्दनि कुमारी , रिमा सहनि , मिरा देबि , पुनिता देबि , गौतम यादव , प्रिन्स यादव , अलौका स्थानीय प्रदीप प्रसाद साह , धिरज साह , आयुष साह , मलङ्गवा- सर्लाहीका लोकेन्द्र कर्ण  लगायत अन्य बहिरा विद्यार्थीहरु र  अभिभावकहरुको पनि उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बसपार्कमा वृक्षारोपण अभियान तीव्र, ‘हरित र सुन्दर वीरगन्ज’ बनाउने महानगरको लक्ष्य

पर्सा पोस्ट, साउन ३० गते, वीरगन्ज । वीरगन्ज महानगरपालिकाले वातावरण...

विपन्न परिवारलाई समाजसेवी वृजेस्वर प्रसाद चौधरीद्वारा १० हजार रुपैयाँ आर्थिक सहयोग

पर्सा पोस्ट, साउन २९ गते, वीरगञ्ज। पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकास्थित...

सामुदायिक प्रहरी–नागरिक सहकार्य सुदृढ बनाउन एसपी पवन भट्टराईको प्रतिबद्धता

पर्सा पोस्ट, साउन २८ गते, वीरगञ्ज। सामुदायिक प्रहरी सेवा केन्द्र,...