अब बन्ने सरकार संविधानको धारा ७६ को २ अन्तर्गत काङ्ग्रेस र एमालेको हुने : पुर्व गृहमन्त्री केदार कार्की

Date:

अजित कुमार भुजेल , बिरगंज । संविधानमा भएका केहि कमजोरीहरुलाई सच्याउन संविधान संशोधन गर्नु पर्ने आजको आवस्यकता रहेको कोशि  प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले बताएका छन ।

बिरगंज स्थित होटल कन्ट्री ईनमा बिहीबार नेपाल प्रेस युनियन पर्सा शाखा द्धारा आयोजित ” मनकि बात”  पत्रकार सम्मेलनमा बोल्दै कार्कीले अब दुई ठुला दल काङ्ग्रेस र एमाले मिलेर गठबन्धन सरकार बनाउने र संविधानमा भएको कमिकमजोरिहरुलाई संशोधन समेत गर्ने गरि सहमति भैइ रहेको बताए ।

अबको बन्ने सरकार संविधानको धारा ७६ को  २ अन्तर्गत हुने तर रास्ट्रपतिले कुन धारा आवाहन गर्नु हुन्छ , त्यसलाई  हामिहरुले मान्नु पर्ने बताए ।

अहिले डेढ बर्षको सन्सद छ , यो सरकार छ  , सन्सद र काठमाडौंको सन्सदले कुनै ध्यान नदिएको , संविधान कार्यान्वयन गर्नु पर्छ भन्ने कुरामा भन्दा पनि उनीहरु सरकार बनाउने , सरकारमा मन्त्रीहरु फेर्ने र सरकारलाई बचाउने काम मात्र गरेको , सन्सद भित्र पनि भाईरल सान्सद मात्र उत्पादन गर्ने काम गर्यो तर संविधान कार्यान्वयन गर्ने , संघीयतालाई बलियो बनाउने , जनताका अधिकारहरु स्थापित गर्ने , जनतालाई बलियो बनाएर धनि बनाएर , सरकार धनि हुन्छ भन्ने कुराहरुको सोच भएन , शिक्षामा , स्वास्थ्यमा र अधिकारमा कुनै पनि काम गर्ने वा मौका पाएन भनौं या मौका पाएर पनि सोचेनन् । सन्सद भित्र कानुन बनेन , सघियता बलियो हुने कानुन सन्सद भित्र एजेन्डा नै उठेन । संविधानका कुराहरु सन्सदमा दर्ता भएनन् , बिधेयक दर्ता भएनन् , जनताको रगतबाट बनेको संरचनाहरुलाई समेत बेवास्ता गर्ने धरायसि गर्ने काम काठमाडौंले गर्दै आईरहेको समेत बताएका थिए ।

अहिलेको प्रदेशहरुलाई समेत सानो  बनाउनु पर्नेमा जोड दिनु हुदै  मधेस प्रदेश र कोशि प्रदेश एक हुनु पर्ने र हिमाल , पहाड र तराई एउटैमा जोडनु पर्ने बताए ।

नेपाल प्रेस युनियन पर्सा शाखा अध्यक्ष विजय महतोको अध्यक्षतामा मनकी बात कार्यक्रममा  नेपाल पत्रकार महासंघ केन्द्रिय सचिव दिपेन्द्र चौहान,नेपाल प्रेस युनियन मधेस प्रदेश महासचिव अशोक तिवारी लगायत पर्सेली संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम सन्चालन प्रेस युनियन पर्साका सचिव इरफान अलिले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...