बिश्व वातावरण दिवसको अवसरमा भिस्वा डाडामा बृक्षारोपण

Date:

अजित कुमार भुजेल , बिरगंज । बिश्व वातावरण दिवसको अवसरमा बिरगंजमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बिरगंज महानगरपालिका वडा नं १५ भिष्वा डाँडा भगवान बुद्धको मन्दिर परिसर भित्र र वाहिर विभिन्न जातजातिका ८०० बोटबिरुवाहरु रोपिएको थियो ।

भारतका महावाणिज्यदूत बिरगंज पर्सा र ग्रिन सिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर पर्साको  संयुक्त आयोजनामा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।

भारतका महाबाणिज्य दुत डि. एस. मिनाको प्रमुख आतिथ्यमा तथा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा भएको सुरक्षा निकाय तथा बिभिन्न निकायका पदाधिकारीहरु, समाजसेवी, नागरिक समाज, संचारकर्मी लगायत हरि खेतान बहुमुखी क्याम्पस बिरगंज पर्सा, नवदिप एकेडेमी बिरगंज पर्सा , नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी तथा बिधार्थीहरु गरि २०० जनाको उपस्थितीमा बिभिन्न जातजातिका ८००  विरुवाहरु वृक्षारोपण गरी कार्यक्रम सम्पन्न गरिएको प्रकाश खेतानले जानकारी दिनुभयो ।

सो कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल , सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारि, सप्रजिअ उत्तम कुमार धिमिरे, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल ,सशस्त्र प्रहरी निरीक्षक जितेन्द्र कुमार ,  ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष सन्जय शर्मा , हरि खेतान बहुमुखी क्याम्पस बिरगंजका सिमा घिमिरे ,नवजिवन एकेडेमी बिरगंजका सुशीला साह ,संचारकर्मी संतोषमान रन्जितकार ,  सबिता यादव , ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर ईन्चार्ज प्रबह विवेक राउत कुर्मि , प्रह प्रेम राम , प्रज पुर्ण कुमारी श्रेष्ठ , प्रज अम्मर सिंह साउद लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...