उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साले नेपाल बिमा प्राधिकरणलाई बुझायो ज्ञापनपत्र

Date:

अजित कुमार भुजेल , बिरगंज।  उपभोक्ता हित संरक्षण मञ्च नेपाल जिल्ला कार्य समिति पर्साले नेपाल  बिमा प्राधिकरण मधेस प्रदेश मार्फत केन्द्रिय कार्यालय ललितपुरलाई ज्ञापनपत्र बुझाएको छ ।

पर्साका अध्यक्ष सुनिल श्रेष्ठको नेतुत्वमा गएको टोलिले नेपाल बिमा प्राधिकरण मधेस प्रदेशका प्रमुख कुसुम शर्मालाई बिरगंजको आदर्शनगर स्थित उहाकै कार्यकक्षमै पुगि ज्ञापनपत्र बुझाएको थियो।

ज्ञापनपत्रमा नेपाल बिमा प्राधिकरणले २०८० असोज देखि लागु हुने गरि जारि गरेको बिमा निर्देशिका नेपालको संविधान २०७२ को धारा ४४ ले मौलिक हकको रुपमा स्थापित गरेको उपभोक्ता अधिकार र सार्वभौम संसदले पास गरेर उपभोक्ता अधिकार स्थापित गर्न जारि गरेको उपभोक्ता ऎन २०७५ को दफा ६ मा व्यवस्थागरेको उपभोक्ताको छनौटको अधिकार समेतलाई कुन्ठित गर्दै राज्यको जिम्मेवार नियामक निकाय  नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीका लगानी कर्ताको हितमा ऎनमा उल्लेख गरेर स्थापित गरेको उपभोक्ता अधिकारलाई निर्देशिका मार्फत बिभेदकारि तरिकाबाट कुण्ठित गरेको भन्दै जुन देशमा राज्यले कुनै पनि संघसंगठनहरुलाई आधिकारिक रुपमा आतंककारी घोषणा गरेको छैन किन आतंकबादको प्रिमियम उपभोक्ताले तिर्ने र अर्कोतिर सर्वसाधारण उपभोक्ता संगठित नहुदा ग्राहस्थ बिमा र सम्पत्ति बिमामा हुलदङ्गा र आतंकबादको प्रिमियम नतिरि बिमालेख नै खरिद गर्न नपाईने र उपभोक्ता ऎन २०७५ ले व्यवस्था गरेका छनौटको अधिकारीलाई निर्देशिका मार्फत कुण्ठित गर्न कानुनी रुपमा मिल्छ र भन्दै यसरी आतंकबादको प्रिमियमको नाममा बार्षिक अर्बौं रकमको घोटाला किन र कस कसका स्वार्थ पुर्तिका लागि श्रीमान अध्यक्ष ज्यु यो बिभेदकारि निति किन र कसका लागि भन्दै बिमा निर्देशिका २०८० तुरुन्त परिमार्जन गरि बिमा बजार सर्वसाधारणको पहुँचमा पुग्ने गरि बिमा दररेट सस्तो बनाउदै सबै जोखिमको दररेट स्वच्छिक बनाउदै उपभोक्ता ऎन २०७५ ले व्यवस्था गरेको उपभोक्ता छनौट गर्न पाउने अधिकारको सम्मान गर्न उपभोक्ता हित संरक्षण मञ्च नेपाल जोड्दार माग गर्दछ ।

त्यसैगरि नेपाल बिमा प्राधिकरणले बिमा सचेतनाका लागि गाउँ गाउमा बिमा उपभोक्ताका लागि बिमा प्राधिकरण र बिमा कम्पनी मार्फत अनिवार्य रूपमा बिमा सचेतना प्रोग्राम चलाउन समेत माग गर्दै आगामी दिनमा बिमा सम्बन्धि कुनै पनि नितिनियम बनाउदा उपभोक्ताको समेत प्रतिनिधित्व सुनिश्चित हुने व्यवस्था गर्नुहुन समेत जोडदार माग गरेको छ ।

ज्ञापनपत्र बुझाउने टोलिमा पर्सा उपाध्यक्ष अजित कुमार भुजेल , कोषाध्यक्ष रचेन्द्र सिंह थापा , सदस्य मनोज गुप्ता , राकेश सुबेदि , गजेन्द्र महतोको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

लायन्स क्लब इन्टरनेशनल जोन ३७ द्वारा वीरगञ्ज कपडा बैंकलाई कपडा सहयोग, निरन्तर सहकार्यको प्रतिबद्धता

पर्सा पोस्ट, श्रावण २४ गते, वीरगञ्ज। सामाजिक सेवामा सक्रिय लायन्स...

सबैया साझेदारी वन उपभोक्ता समूहको प्रथम साधारणसभा सम्पन्न, वन संरक्षणमा जनसहभागिता बढाउन मन्त्रीहरूको जोड

पर्सा पोस्ट, साउन २४ गते, वीरगञ्ज (पर्सा)। पर्सा जिल्लास्थित सबैया...

राउन्ड टेबल नेपाल र रोट्याक्ट क्लबको संयुक्त रक्तदान : ५८ युनिट रगत संकलन, ‘मानवता बलियो बनाउन नियमित रक्तदान गरौं’

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। वीरगञ्जमा पछिल्लो समय देखिएको...

मनियारी मुसहर टोलमा वीरगञ्ज कपडा बैंकद्वारा ६ सय थान निःशुल्क कपडा वितरण

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। मानवीय सेवामा निरन्तर सक्रिय...