अजित कुमार भुजेल , बिरगंज । बिरगंज कपडा बैंकको आयोजनामा आज सहयोगी दाता एवं सन्चारकर्मिहरुलाई सम्मान गरेको छ ।
बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा तथा बैंकका संरक्षक अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मीको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम सम्पन्न भएको थियो ।
सो अवसरमा बैंकलाई कपडा सहयोग गर्ने ,कार्यालय संचालन गर्न सहयोग गर्ने दाताहरु र बैंकको हरेक कार्यबिधि सम्बन्धि समाचार सम्प्रेषण गरि हौसला प्रदान गर्नु हुने पर्सेलि सन्चारकर्मी सहित १०७ जनालाई गम्छा ओढाएर सम्मानपत्रले सम्मानित गरिएको थियो ।
सो कार्यक्रममै बिरगंज वडा न. ४ निवासी पुर्वजनप्रतिनिधी एवं नेपाली काङ्ग्रेसका नेता समाजसेवी संजय जोशीले आफ्नो आमाबुबाको सम्झनामा नगद ५ हजार १ सय सहयोग बैंकका कोषाध्यक्ष मनोज मिश्रालाई हस्तान्तरण गर्नु भएको थियो ।
सम्मानित हुनेहरुमा सरला खनाल ,सुशिला साह , किरण सरकार,कलावती सापकोटा ,गोमा कडेल,रिता सिंह, गंगासागर साह ,गौरी गुप्ता,राजेन्द्र भट्टराई ,अशोक गुप्ता ,मार्टिन मोक्तान,महादेव कुर्मि,शेखर अग्रवाल,फुदन ठाकुर,युवराज पटेल, श्रवण बहादुर रायमाझी, रितेश गुप्ता लगायत सहयोगी दाताहरु एवं शुभेच्छुकहरुलाई सम्मान गरिएको बैंकका कोषाध्यक्ष मनोज मिश्राले बताउनु भयो ।
सो कार्यक्रममा बिशिस्ट अतिथिहरु संस्थाका सल्लाहकारहरु अधिवक्ता पन्नालाल गुप्ता र अधिवक्ता प्रकाश कुमार उपाध्याय र राजेश कुमार बरनवाल ( राजु) , ओमप्रकाश सरार्फ , नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खडका, अतिथिहरुमा समाजसेवीहरु नेजामुदिन समानी , संस्थाका पुर्वअध्यक्ष बृजेश चौधरी , सदस्य अभिषेक तिवारी, नवोदिप एकेडेमीका संचालक प्रधानाध्यापक सुशिला साह,ठाकुरराम क्याम्पसका प्राध्यापक एवं महिला अधिकारकर्मी पवनदिप कौर अग्रवाल,कंचनजंगा स्कुलका निर्देशक मार्टिन मोक्तान , अभिभावक संघ पर्साका अध्यक्ष सन्दिप साह लगायत पर्साका विभिन्न सन्चारगृहका पत्रकारहरु बिजय चौहान , आरके पटेल , राजेन्द्र सिंह राजपुत , सम्भु महतो थारु , राज सरार्फ , अकलेश साह , अजित भुजेल , मुनेश लायो मगर , सन्तोष मान रन्जितकार , श्याम सरार्फ , एवं बैंकका सदस्यहरु संजय मंडल,निला कुमारी राम ,नवराज भट्टराई ,अभिलाष गुप्ता र कर्मचारी शोभा देवी लगायत बैंकलाई सहयोग गर्ने दाता ,सुभेच्छुकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य बैंकका उपाध्यक्ष मोनिका सिंहले गर्नु भएको थियो भने सहजीकरण सचिव कन्हैया पटेलले गरेका थिए ।
सो अवसरमा प्रमुख अतिथि अधिवक्ता कुर्मिले दिन दुखी असहायको सेवा सहयोग गर्ने उद्देश्य बोकि ” जो संग धेरै कपडा छ दिएर जानुस र नहुने ,आवस्यकता भएकोले निशुल्क लिएर जानुस ” को मुल मन्त्रलाई आत्मसात गरेर बिगत ६ बर्ष देखि आइतबार देखि शुक्रबार सम्म प्रत्येक दिन १०.३० बजे देखि ५.३० बजे सम्म कार्यालयबाट र प्रत्येक महिना घण्टाघर लगायत सार्वजनिक स्थानमा निशुल्क कपडा वितरण गर्दै आइरहेको छ ।
साथै आगलागी ,बाढी आपत बिपतमा गाउगाउ सम्म पुगेर लत्ताकपडाको साथै राहत सामाग्री ,नगद प्रदान गरि सेवारत रहेको बताउदै दिन दुखी असहायको सेवा सहयोग गर्नु नै मानवको सर्बोत्तम धर्म हो कर्म भएकोले सबैले आफ्नो कमाइको केही अन्शबाट सके जति सहयोग गर्नु पर्दछ भनी र हाम्रो नेक कार्यलाइ सहयोग गर्ने सम्पुर्ण दाताहरु सुभेच्छुकहरु, सन्चारकर्मिहरु , संस्थाका सल्लाहकारहरु , पदाधिकारी सदस्यहरु प्रति हार्दिक आभार प्रकट गर्नु भएको थियो ।
सो अवसरमा अधिवक्ता पन्नालाल गुप्ता, अधिवक्ता प्रकाश कुमार उपाध्याय, ओम प्रकाश सरार्फ , नेजामुदिन समानी ,पुर्व अध्यक्ष चौधरी , सुशिला साह ,किरण सरकारले सेवाको क्षेत्रमा कपडा बैंकले निकै गुणस्तरीय सेवा सहयोग प्रदान गरिरहेकोले आफुहरुलाइ निकै खुशी र गर्व लागेको र बैंकको सुकार्यलाइ सबैले सहयोग गर्न आग्रह गर्दै उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।
सो अवसरमा अध्यक्ष सिंहले दिएर नघटने झन झन बढने नै हुनाले दिन दुखी असहायको सेवा सहयोगमा सबै जुटन आग्रह गर्दै हाम्रो कार्यलाई हौसला प्रदान गर्दै सहयोग गर्ने सम्पूर्ण दाताजन, सुभेच्छुकजन,संचारकर्मिजन,सल्लाहकार,पदाधिकारी सदयजनहरुलाई हार्दिक धन्यवाद आभार प्रकट गर्दै आगामी दिनमा पनि साथ सहयोग जारी राखेर सेवा सहयोग कार्यमा हातेमालो गर्न आग्रह गर्नु भएको थियो ।