अजित कुमार भुजेल , बिरगंज । बिरगंजमा रहेका सुनचादि पसलले उपभोक्ता ठगि गरिरहेको छ भन्ने उपभोक्ता हित संरक्षण मञ्च पर्साको उजुरीको आधारमा बिरगंजमा रहेका सुनचाँदी पसलहरुको आज अनुगमन गरेको छ ।
बिरगंजको मिनाबजार र माईस्थान एरियामा अनुगमन टोलिले ६ वटा सुनचाँदि पसलमा अनुगमन गर्दा गर्दै अन्य पसलले थाहा पाए लगतै अधिकांश पसलेहरु पसल नै बन्द गरेर पसल अगाडि रहिते हेरेर बसेका थिए।
मिनाबजार र माईस्थानको बीचमा रहेको सुनचाँदि पसलमा अनुगमन टोलि पुग्दा पसल बन्द गरि असहयोग गरेकोले पसलहरुमा केहि न केहि त्रुटि हुन सक्ने आशन्का रहेको अनुगमन टोलिले जनाएका थिए ।
कुनै त्रुटि वा गडबड नभएको भए किन अनुगमन टोलि पुग्दा धमाधम सबै सटर बन्द गर्नु पर्थो , हाम्रो उदेश्य व्यापारीलाई डरत्रास देखाउन र दु:ख दिने होईन , हामिले सुनचाँदि पसलहरुले मापदण्ड अनुसारको कारोबार गरे नगरेको र केहि त्रुटि भए सच्याउन , सचेत गराउन आएको तर कुरो नबुझी पसल बन्द गर्नु ठिक कार्य नभएकोले यस्तो कार्य तुरुन्त सच्याउन व्यापारीहरुलाई आग्रह समेत गरेको गुणस्तर तथा नापतौल कार्यालय बिरगंजका मनिष कुमार गुप्ताले बताए ।
गुणस्तर तथा नापतौल कार्यालय बिरगंजका निरीक्षक रामप्रसाद लम्सालको नेतृत्वमा गएको अनुगमन टोलिमा जिल्ला प्रशासन कार्यालय पर्साका ब्रहदेव प्रसाद यादव , वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बिरगंजका रन्जन कुमार यादव , जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब निरीक्षक नागेन्द्र प्रसाद यादव , उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साका उपाध्यक्ष अजित कुमार भुजेल , गुणस्तर तथा नापतौल कार्यालय बिरगंजका मनिष कुमार गुप्ता र सन्दिप कुमार चौधरी सहभागी थिए ।
उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साका उपाध्यक्ष अजित कुमार भुजेलले जानकारी दिनुभए अनुसार ६ वटा पसलमा भने अनुगमन गरिएको र अनुगमन गरिएका पसलहरुमा गुणस्तर तथा नापतौलमा कुनै त्रुटी फेला नपरेपनि केहि पसलको नविकरण भने नगरिएको भेटिएको , अन्य कागजातहरु नदेखाएकोले तीन दिनभित्र नवीकरण गराउन र कागजात सहित कार्यालय उपस्थित हुन निर्देशन दिइएको भुजेलले बताए ।