जनताको सेवा सहयोग गर्न जनप्रतिनिधिहरु सदैब तयार रहनु पर्ने :- उपमेयर आलम

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज  महानगरपालिकाको आयोजनामा युएसए आईडिको सहयोगमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

सार्वजनिक वित्तीय व्यवस्थापन अन्तर्गत बार्षिक योजना तर्जमा र बजेट निर्माण सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि बिरगंज महानगरका उप प्रमुख इम्तियाज आलमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उप-प्रमुख आलमले जनताको सेवा सहयोग गर्नको लागि हामी जनप्रतिनिधिहरु सदैव तैयार रहनु पर्ने बताए ।  सो को लागि समय समयमा यस्तो खाले प्रशिक्षणको आयोजना महानगरले गरिरहेको छ जस्ले वडाअध्यक्षहरु, सचीवहरुको लागि एकदम आवश्यक रहेको हुन्छ । यो कार्यक्रमले गर्दा जनताको आवश्यकता अनुसार बजेट बनाइ कामकाजमा धेरै सहयोगमा पुग्ने बिस्वास लिएको बताए ।

सो कार्यक्रम समापन सत्रमा उपप्रमुख आलमले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो भने उक्त प्रशिक्षण कार्यक्रममा बिरगंज  महानगरपालिकाका ३२ वटै वडाका वडा अध्यक्षहरु र वडा सचीवहरु लगायत महानगरपालिकाका शाखा प्रमुखहरुको सहभागीता रहेको उपमेयरका प्रेस सल्लाहकार सदाब मल्लिकले जानकारी गराउनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

खाद्य स्वच्छता उल्लंघन गर्ने व्यवसायीमाथि कारबाही, नियमित अनुगमनले बजार सुधार हुने विश्वास

पर्सा पोस्ट, भदौ ५ गते, वीरगञ्ज । वीरगञ्जमा उपभोक्ताले...