अजित कुमार भुजेल , बिरगंज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल जिल्ला कार्य समिति पर्साले बिहीबार पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाललाई उहाको कार्य कक्षमा पुगि कार्यान्वयन तथा ध्यानाकर्षण पत्र बुझाएको थियो ।
उपभोक्ता हित संरक्षण मञ्च नेपाल जिल्ला कार्य समिति पर्साका अध्यक्ष सुनिल श्रेष्ठको नेतुत्वमा गएको टोलिले ध्यानाकर्षण पत्र बुझाएका थिए ।
उपभोक्ता हित संरक्षण मञ्च नेपाल स्थापना कालदेखि अनवरत रुपमा स्वच्छ बजार , स्वाधीन अर्थतन्त्र , संविधान प्रदत्त उपभोक्ता अधिकार स्थापना तथा प्राप्ति गर्नका लागि बहस , पैरबी , निति निर्माण तहमा सहजीकरण तथा हस्तक्षेप र विभिन्न माध्यमद्वारा उपभोक्ता जागरण अभियान चलाउदै आएको र त्यस अनुरुप बिरगंज महानगरका आम उपभोक्ताको स्वास्थ्य माथी कुनै मापदन्ड बेगर खुल्ला रुपमा बाटो घाटोको छेउ , खुल्ला नालाको छेउमा माछा मासु बिक्रि बितरण भैइरहेकोमा सो कार्यका विरुद्ध उपभोक्ता हित संरक्षण मन्च बिरगंज महानगर कमिटीले उच्च अदालत जनकपुरको अस्थायी ईजलास बिरगंजमा फिरादपत्र दर्ता गरेकोमा मिति २०७६/६/१० गते अन्तरिम आदेस जारी भएको तथा मिति २०७६/१२/३ गते सम्मानित अदालतबाट बिरगंज महानगर पालिका विरुद्ध फैसला समेत भएको ४ बर्ष बितिसक्दा समेत हालसम्म ती त्यस्ता गलत कार्य रोक्न सामान्य अनुगमन बाहेक वधशाला निर्माण गर्न पहल समेत नभएको , माछा मासुको मुल्य निर्धारण गर्न समिति समेत निर्माण नगरी मनलागी मुल्यमा बिक्रि बितरण हुन दिएको , बिक्रि स्थलको मापदण्ड निर्माण तथा निर्धारण गर्न हालसम्म पनि कुनै ठोस स्थानीय कानुन तथा निर्देशिका निर्माण नगर्दा शहरको वातावरण प्रदुशित हुनुका साथै महानगरको शोभा मै असर गरेको छ भने अर्कोतिर आम उपभोक्ताको स्वास्थ्य माथि गम्भीर खेलवाड भैइरहेको हुदा सम्मानित अदालतको निर्णय कार्यान्वन तथा ध्यानाकर्षण गराउन आग्रह गरेका थिए ।
त्यसै गरि अहिले चर्को गर्मीले गर्दा तराईको जनजीवन आक्रान्त र अस्तव्यस्त भएको र त्यसमाथी आम उपभोक्ताको घर घरमा रहेको चापाकलमा पानी नआएर समस्या भैइरहेको अवस्थामा बोतल बन्द पानी र जारको पानि प्रयोग गर्नु पर्ने बाध्यता आम उपभोक्तालाई रहेको छ ।
गुणस्तर र स्वच्छता छ छैन त्यो सम्बन्धित निकायले हेर्ला र जवाफ देला ।
बोतल बन्द पानीको देश का अरु शहर भन्दा बिरगंजका पानी उद्योगहरुलाई जथाभावी बढी मुल्य निर्धारण गर्ने अधिकार कसले दियो ? कतिपय वस्तु र सेवाको मुल्य निर्धारण प्रमुख जिल्ला अधिकारीको संयोजकमा रहने र बन्ने मुल्य निर्धारण समिति मार्फत हुने हुदा तत्काल सो समिति मार्फत बोतल बन्द पानीको मुल्य निर्धारण गरि अहिले पानीको मुल्यमा भैइरहेको कालाबजारी नियन्त्रण गर्न ध्यानाकर्षण गराएको पर्सा जिल्ला अध्यक्ष सुनिल श्रेष्ठले जानकारी दिनुभयो ।
सो टोलिमा केन्द्रिय उपाध्यक्ष एवं मधेस प्रदेश ईन्चार्ज अजय अधिकारी , केन्द्रिय सदस्य धिरज शर्मा , जिल्ला उपाध्यक्ष अजित कुमार भुजेल , सचिब बिशाल झा को उपस्थिति रहेको थियो ।