हरि खेतान बहुमुखी क्याम्पसमा भएको तोडफोड बारे पत्रकार सम्मेलन , नेशनल इन्फोटेक कलेजले क्षतिपुर्ति सहित विद्यार्थीहरुलाई उस्काउने र प्रयोग गर्ने व्यक्तिको पहिचान गरि कार्वाही हुनु पर्ने माग

Date:

अजित कुमार भुजेल , बिरगंज । हरि खेतान बहुमुखी क्याम्पसद्वारा आइतबार पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।

क्याम्पसका निमित्त क्याम्पस प्रमुख किशोरी रायले आइतबार हरि खेतान बहुमुखी क्याम्पसमा विद्यार्थीहरुद्वारा तोडफोड गरेको बारेमा जानकारी गराएका  थिए ।

हरि खेतान क्याम्पसमा नेसनल इन्फोटेक कलेजको सेन्टर  ( परिक्षा ) केन्द्र रहेको र आफ्नो विद्यार्थीहरुको आफुले सोचे अनुरुप परिक्षा नभएको र विद्यार्थीहरुलाई मानशिक टचर दिएको भन्दै त्यसलाई सुधार गर्न भन्दै सुधीर पटेलले फोन मार्फत हरि खेतान क्याम्पसका निमित्त क्याम्पस प्रमुख किशोरी रायलाई फोन गरेको बताए ।

बैशाख १४ गते अङ्ग्रेजी बिषयको परिक्षा शान्तिपूर्णले भएको तर ऊनीहरुलाई चिट चोर्न नदिएको कारण तथा नेशनल ईन्फोटेक कलेजका शेयर होल्डर तथा सन्चालक सुधीर पटेलले हरि खेतान क्याम्पसका निमित्त क्याम्पस प्रमुख किशोरी रायलाई फोन गरि परिक्षा राम्रो भएन विद्यार्थीहरुलाई मानसिक तनाव भयो यसको नतिजा राम्रो हुदैन भन्दै धम्की पुर्ण सब्द प्रयोग गर्दै धम्क्याउदै विद्यार्थीहरुको परिक्षा राम्रो भएन आइतबार हामी आन्दोलन गर्छौ । क्याम्पसमा तोडफोड हुन्छ भन्दै विभिन्न राजनैतिक व्यक्तित्व सङ्ग दवाब सिर्जना गराएको आरोप लगाएका थिए ।

आफ्नो व्यक्तिगत दुश्मनी नेशनल ईफोटेक कलेज सङ नभएको र सिसि क्यामराको निगरानीमा परिक्षा सन्चालन गर्न नेशनल ईन्फोटेक कलेजलाई च्यालेन्ज समेत गरेका थिए ।

बिरगंज महानगर पालिका भित्र शैक्षिक माफीयाले आफ्नो अनुकुल काम नहुदा विभिन्न बाहाना बनाई विद्यार्थीहरुलाई प्रयोग गरि दबाब सिर्जना गर्ने उदाहरण रहेको र यश कार्यको लागि स्थानीय निकाय , स्थानीय प्रशासन र सम्बन्धित निकाय मौन हुनु र प्रहरी प्रशासनले सहयोग नगरेको पत्रकार सम्मेलनमा निमित्त क्याम्पस प्रमुख किशोरी रायले जानकारी गराएका थिए ।

क्याम्पसमा भएको तोडफोडमा भएको  क्षतिपुर्ति सहित तोडफोड गर्न उस्काउने  तथा परिचालन गर्ने व्यक्तिको  पहिचान गरि आवस्यक कानुनी कार्वाही हुनु पर्ने र तपाईंहरुको सन्चार माध्यमबाट सो कुरा सत्यतथ्य प्रकाशित गरि सहयोग गर्न आग्रह निमित्त क्याम्पस प्रमुख रायले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

३० दिने नि:सुल्क सिलाई तालिम सम्पन्न : रक्सौलमा ५० महिलालाई आत्मनिर्भर बन्ने अवसर

पर्सा पोस्ट बैशाख ०२ गते, रक्सौल । भारत–नेपाल सीमावर्ती क्षेत्र रक्सौलमा...

प्रभावकारी सार्वजनिक वक्तृत्वकला तालिम सम्पन्न , युवामा आत्मबिश्वास वृद्वि हुने अपेक्षा

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगंज । बिरगंज जेसीजको सप्ताहव्यापी...

बिरगंजमा मानव अधिकार रक्षकहरुको अवस्थामाथि गहन छलफल , ” सेफ हाउस ” अभाव मुख्य चुनौती

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगञ्ज । मानव अधिकार रक्षकहरूको...

भारतीय नम्बर प्लेटका सवारीमाथि बिरगंजमा कडाइ : ११ चालक कारवाहीमा

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगञ्ज । जिल्ला ट्राफिक कार्यालय...