सामुदायिक सेवा केन्द्र छ्पकैयाको आयोजनामा तथा अल मन्सुर फाउन्डेसन र राईजिङ्ग बिरगंज नेपालको विशेष सहयोगमा नगद र बिवाहको लागि चाहिने आवस्यक भाडाकुडा बितरण

Date:

अजित कुमार भुजेल , बिरगंज । “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छ्पकैया-२ को आयोजनामा तथा अल मंसुर फाउण्डेसन र राईजिङ्ग वीरगंज नेपालको विशेष सहयोगमा पर्सा  जिल्ला बी.म.न.पा.बडा नं.१६ स्थित प्रहरी चौकी इनर्वा पर्साको प्राङ्गणमा बिवाहको लागि चाहिने आवस्यक किचेनको सामान बितरण गरेको थियो ।

पर्सा जिल्ला बी.म.न.पा.बडा नं.१६ वस्ने महमद हसन शेख र भारत पुर्वी चम्पारण थाना रक्सौल गाँउ महदेवा बडा नं.७ वस्ने अविद हुसैन समेतलाई छोरीको बिबाहको लागी नगद रु ५०००(पाँच हजार) गरि चाहिने भाडा कुडा लगायत सम्पुर्ण किचेन सामाग्री बितरण कार्यक्रम सम्पन्न  भएको थियो ।

उक्त कार्यक्रम सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा तथा वडा प्रहरी कार्यालय बिर्ताका कार्यालय प्रमुख प्र.नि.पुष्कर वोगटीको प्रमुख आतिथ्यमा अल-मंसुर फाउन्डेशनको अध्यक्ष जेयाहुल हक समानी, प्रहरी चौकी इनर्वाका कार्यालय प्रमुख तेज प्रताप सिंह , सामुदायिक सेवा केन्द्रका बरिष्ठ उपाध्यक्ष अब्दुल हक , कोषाध्यक्ष श्रीमती प्रेम कुमार सिंह , गणेश ठाकुर ,श्रीमती जैबु नेशा, श्रीमती हसिना खातुन, सामुदायिक प्रहरीका प्रहरी सहायक निरीक्षक विनोद प्रसाद यादव, प्रहरी हवल्दार देवेन्द्र कुमार पटेल , प्रहरी हबल्दार रुप कुमार यादव , प्रहरी जवान बिर बहादुर यादव लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...