ग्रिनसिटि सामुदायिक सेवा केन्द्रद्वारा हरि खेतान क्याम्पसमा किशोर किशोरी सचेतना तथा साईबर अपराध सम्बन्धि प्रशिक्षण

Date:

अजित कुमार भुजेल , बिरगंज । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वीरगंज महानगरपालिका वडा नम्बर १० आदर्शनगर स्थित हरि खेतान बहुमुखी क्याम्पसमा ग्रीन सिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर सम्पर्क कार्यक्रम सम्पन्न भएको छ ।

हरि खेतान बहुमुखी क्याम्पसमा किशोर,  किशोरी सचेतना तथा साईबर अपराध सम्वन्धी कार्यक्रमको आयोजना गरीएको थियो।

उक्त कार्यक्रमको प्रमुख अतिथि हरि खेतान बहुमुखी क्याम्पसका प्रधानाध्यापक किशोरी राय यादवको उपस्थितीमा तथा ग्रीनसिटी सामुदायिक  सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा भएको  कार्यक्रममा समाज सेवी, नागरिक समाज र संचारकर्मीहरुको उपस्थितीमा  हरि खेतान बहुमुखी क्याम्पसका कक्षा १२ का १५० जना छात्राहरुलाई किशोरी सचेतना तथा साईबर अपराध सम्वन्धी प्रहरी बिधालय सम्पर्क चेतना कार्यक्रम गरिएको थियो।

उक्त प्रहरी बिधालय सम्पर्क कार्यक्रममा  प्रमुख अतिथि हरि खेतान बहुमुखी क्याम्पसका प्रधानाध्यापक  किशोरी राय यादव , ग्रीनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान,जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक मनिषा लौडारी,श्रीराम हस्पिटल बिरगंजका डा. प्रिती यादव,हरि खेतान बहुमुखी क्याम्पसका प्रशासन प्रमुख  सुरेन्द्र कुमार ओझा,सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझी, समाजसेवी कमल चौलागाई , संचारकर्मी संतोष रन्जितकार,  ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको ईन्चार्ज प्रहरी वरिष्ठ हवल्दार बिबेक राउत कुर्मी , प्रहरी  हवल्दार प्रेम रामले प्रहरी बिधालय सम्पर्क कार्यक्रममा प्रशिक्षण दिएको खेतानले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...