ग्रिनसिटि सामुदायिक सेवा केन्द्रद्वारा हरि खेतान क्याम्पसमा किशोर किशोरी सचेतना तथा साईबर अपराध सम्बन्धि प्रशिक्षण

Date:

अजित कुमार भुजेल , बिरगंज । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वीरगंज महानगरपालिका वडा नम्बर १० आदर्शनगर स्थित हरि खेतान बहुमुखी क्याम्पसमा ग्रीन सिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर सम्पर्क कार्यक्रम सम्पन्न भएको छ ।

हरि खेतान बहुमुखी क्याम्पसमा किशोर,  किशोरी सचेतना तथा साईबर अपराध सम्वन्धी कार्यक्रमको आयोजना गरीएको थियो।

उक्त कार्यक्रमको प्रमुख अतिथि हरि खेतान बहुमुखी क्याम्पसका प्रधानाध्यापक किशोरी राय यादवको उपस्थितीमा तथा ग्रीनसिटी सामुदायिक  सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा भएको  कार्यक्रममा समाज सेवी, नागरिक समाज र संचारकर्मीहरुको उपस्थितीमा  हरि खेतान बहुमुखी क्याम्पसका कक्षा १२ का १५० जना छात्राहरुलाई किशोरी सचेतना तथा साईबर अपराध सम्वन्धी प्रहरी बिधालय सम्पर्क चेतना कार्यक्रम गरिएको थियो।

उक्त प्रहरी बिधालय सम्पर्क कार्यक्रममा  प्रमुख अतिथि हरि खेतान बहुमुखी क्याम्पसका प्रधानाध्यापक  किशोरी राय यादव , ग्रीनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान,जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक मनिषा लौडारी,श्रीराम हस्पिटल बिरगंजका डा. प्रिती यादव,हरि खेतान बहुमुखी क्याम्पसका प्रशासन प्रमुख  सुरेन्द्र कुमार ओझा,सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझी, समाजसेवी कमल चौलागाई , संचारकर्मी संतोष रन्जितकार,  ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको ईन्चार्ज प्रहरी वरिष्ठ हवल्दार बिबेक राउत कुर्मी , प्रहरी  हवल्दार प्रेम रामले प्रहरी बिधालय सम्पर्क कार्यक्रममा प्रशिक्षण दिएको खेतानले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...