बिरगंज कपडा बैंकद्वारा घन्टाघरमा होलिको कपडा निसुल्क बितरण तथा होलिको सुभकामना आदानप्रदान

Date:

अजित कुमार भुजेल , बिरगंज । होलि पर्वको अवसरमा बिरगंज कपडा बैंक द्वारा घण्टाघरमा नि:शुल्क कपडा वितरण एवं होलिको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म बिहान १०.३० देखि ५ बजे सम्म आफ्नो कार्यालय वीरगन्ज -८ बाट गरीब असहाय लाई निशुल्क कपड़ा उपलब्ध गराउदै आएको बैंकले होलि पर्वको अवसरमा बिहिवार वीरगन्जको घण्टाघरमा नया ६० थान होलिको टिसर्ट थान गरि करिब ९ सय थान कपड़ा वितरण गरिएको कोषाध्यक्ष मनोज मिश्राले बताउनु भयो  ।

बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षता एवं संस्थाका संरक्षक वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मिको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको अतिथिहरु नेपाली काङ्ग्रेसका नेता एवं समाजसेवी प्रकाश उपाध्याय ,मधेश बिश्वविधालयका प्रध्यापक डा. हरेराम ठाकुर,वडा ९ का वडासदस्य राम प्रसाद चौहान, मजदुर नेता दिलिप शर्मा बराल, समाजसेवी गौरी गुप्ता, युवा समाजसेवी हुकुम सिंह राजपुत,अभिभावक संघ पर्साका अध्यक्ष सन्दिप साह र सदस्य धिरेन्द्र तिवारी,घण्टाघर प्रहरी पोष्टका प्रमुख असई कृष्ण नन्दन ठाकुर , रेडक्रसका श्रवण बहादुर रायमाझी, ज्ञानेन्द्र सिंह , बैंकका सल्लाहकार जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सरार्फ ,सदस्यहरु राजेश श्रीवास्तव,शोभा देवी,सन्जय साह,राहुल सिंह राजपुत , पत्रकारहरु प्रेस युनियन पर्साका पुर्वसचिव किशोर सिंह ,थारु पत्रकार पर्सका अध्यक्ष शम्भु महतो,  संजय दास थारु लगायतको सहभागिता रहेको सचिव कन्हैया पटेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शैक्षिक संस्थाबाट दलीय संगठन हटाउन प्रधानमन्त्रीको कडा निर्देशन

पर्सा पोस्ट, बैशाख ०७ गते, काठमाडौं । बालेन्द्र शाहले विश्वविद्यालय...

बिरगंजमा सशस्त्र प्रहरी बलको १९ औं स्थापना दिवस भब्य रुपमा सम्पन्न

पर्सा पोस्ट, बैशाख ०७ गते, वीरगञ्ज । सशस्त्र प्रहरी बल...

विपन्न परिवारको बिहेवारीमा सहयोग : जगरनाथपुरमा खाद्यान्न वितरण

पर्सा पोस्ट, बैशाख ०७ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–५...