अजित कुमार भुजेल , बिरगंज । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल बिरगंज महानगर कमिटीको आयोजनामा होलि मिलन समारोह कार्यक्रम आज बिरगंज पब्लिक कलेजको सभाहलमा सम्पन्न भएको छ ।
युनियनका महानगर अध्यक्ष पिंकि गुप्ताको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि मधेस बिश्वबिधालयका उपकुलपति प्रोफेसर डा. दिपक शाक्यले कुनै पनि काम सानो ठुलो हुदैन , राम्रो र नराम्रो हुदैन , त्यसलाई सुन्दर बनाउनु पर्छ ।
सर्वप्रथम मानिसहरु सधै सफा , सुन्दर र स्वस्थ हुनु पर्ने बताए । अहिले सबैजना आफुलाई सुन्दर , स्मार्ट देख्न चाहन्छन , त्यसैले आजको आवस्यकता अनुसार ब्युटीपार्लर खोलेर धेरै महिला दिदीबहिनिहरु आत्मनिर्भर भएको र आफ्नो पेसालाई मर्यादित र जिम्मेवारी पुर्वक निर्वाह गर्न आग्रह गर्दै कसैले के भने भन्दा पनि आफ्नो काममा ध्यान दिन सुझाव दिनु भएको थियो ।
राम्रो बन्ने होडबाजीमा गुणस्तरहिन सामान प्रयोग नगर्न र सौन्दर्यकर्मीको हक हितको लागि विभिन्न तालिमको आयोजना गरि स्थानीय सरकार सङ्ग समन्वय गरि दक्ष बनाई अगाडी बढन उपस्थित सबै ब्युटीसियन महिला दिदिबहिनीहरुमा होलिको सुभ कामना दिनु भएको थियो ।
त्यसैगरी राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका केन्द्रिय सदस्य एवं मधेस प्रदेश ईन्चार्ज सुमित्रा सापकोटाले रङ्गै रङ्गको पर्वको होलि एक दमै राम्रो सङ्ग मनाउन र होलि पर्वमा लोला छाप्ने , पानी छाप्ने , अन्डा छाप्ने , जाडरक्सी खाने , नशालु पर्दार्थ सेवन गरि जथाभावी सवारी साधन नचलाउन यस्ता बिकृतिहरु हामी कसैबाट नहोस , सबैको जीवन यस्तै होलि जस्तै रंगिन होस भनेर सुभकामना दिएका थिए।
सो कार्यक्रममा नेकपा एमाले मधेस समिति सदस्य रन्जु फ्युयाल , ईन्दु घिमिरे , राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका केन्द्रिय सदस्य एवं मधेस प्रदेश ईन्चार्ज सुमित्रा सापकोटा , पर्साका निवर्तमान अध्यक्ष एवं मधेस प्रदेश उपाध्यक्ष ओम कुमारी शर्मा , मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाका सम्पादक एवं प्रकाशक कबिता खड्का ,प्रेस युनियन पर्साका महिला उपाध्यक्ष एवं रेडियो बिरगंजका निलिमा पौडेल , बिबिसी नेपालका सम्बादाता माधुरी महतो , पर्सापोस्ट डट कमका प्रकाशक अजित कुमार भुजेल , अन्कुश दैनिकका सम्बादाता सन्तोषमान रन्जितकार , सुनिल श्रेष्ठ , मन्जरी श्रेष्ठ , राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका बिरगंज महानगर कमिटी पदाधिकारीहरु समेतको उपस्थिती रहेको थियो ।