उपभोक्ता हित संरक्षण मञ्च नेपालको उजुरीको आधारमा गुणस्तरहिन अखाद्य सामाग्री उत्पादन गर्ने बिरगंजको पुजा सामाग्री प्रोडक्टमा छापामारी

Date:

अजित कुमार भुजेल , बिरगंज । गुणस्तरहीन अखाद्य सामाग्री उत्पादन र बिक्रि बितरण गर्ने एक उद्योगमा प्रशासनले छामामारी गरेको छ ।

उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साको उजुरीको आधारमा अनुगमन गर्ने क्रममा अखाद्य र गुणस्तरहीन वस्तु उत्पादन र बिक्री वितरण गर्न तयारी अवस्थामा रहेको सामाग्री फेला पारेको छ ।

बजार  धेरै दिनदेखि पुजा घ्यू , शुद्ध गाईको घ्यू को नामले  गुणस्तरहिन अखाद्य घ्यू सस्तोमा बिक्रि बितरण गरिरहेको छ भन्ने सूचनाको आधारमा  मानव स्वास्थ्य सङ्ग खेलवाड गर्दै आईरहेको यस्ता उद्योगको खोजी गर्दै जादा सो घ्यू बिरगंज महानगरपालिका वडा न. ६ रेशमकोठीमा रहेको पूजा सामाग्री प्रोडक्ट उद्योगमा आज छापामारी सिलबन्दी गरिएको र आवस्यक कार्वाहीको लागि केही सेम्पल घ्यूहरु परिक्षणको लागि लगेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीले जानकारी दिनु भयो।

अखाद्य , गुणस्तरहिन वस्तु उत्पादन र बिक्रि बितरण गर्नेलाई सम्पुर्ण सामान सिज गरि कालाबजारी अन्तर्गत मुद्दा चलाउन उपभोक्ता हित संरक्षण मञ्च नेपाल प्रशासन सङ्ग जोडदार माग गरेको थियो ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीको संयोजकत्वमा बिहीबार गएको अनुगमन टोलीमा गुणस्तर तथा नापतौल कार्यालय पर्साका प्रमुख मनीष कुमार दास, बजार निरीक्षक सन्जिव कुमार ठाकुर , बाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय बिरगंजका प्रतिनिधि मधुरेश प्रसाद साह , जिल्ला प्रशासन कार्यालय पर्साका कृष्ण कुमार कुशवाह, उपभोक्ता हित संरक्षण मञ्च नेपालका प्रतिनिधि विशाल झा, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटी र उद्योग प्रतिनिधि कृष्ण कुमार सरार्फको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बसपार्कमा वृक्षारोपण अभियान तीव्र, ‘हरित र सुन्दर वीरगन्ज’ बनाउने महानगरको लक्ष्य

पर्सा पोस्ट, साउन ३० गते, वीरगन्ज । वीरगन्ज महानगरपालिकाले वातावरण...

विपन्न परिवारलाई समाजसेवी वृजेस्वर प्रसाद चौधरीद्वारा १० हजार रुपैयाँ आर्थिक सहयोग

पर्सा पोस्ट, साउन २९ गते, वीरगञ्ज। पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकास्थित...

सामुदायिक प्रहरी–नागरिक सहकार्य सुदृढ बनाउन एसपी पवन भट्टराईको प्रतिबद्धता

पर्सा पोस्ट, साउन २८ गते, वीरगञ्ज। सामुदायिक प्रहरी सेवा केन्द्र,...