सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीको आयोजनामा स्वागत तथा सम्मान कार्यक्रम

Date:

अजित कुमार भुजेल , बिरगंज ।सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीले स्वागत तथा  सम्मान कार्यक्रमको आयोजना गरेको छ ।

सामुदायिक सेवा केन्द्रका अध्यक्ष राम सरार्फको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलको प्रमुख आतिथ्यमा सो सम्मान कार्यक्रम सम्पन्न भएको थियो ।

सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीले पर्सामा नया आउनु भएको प्रहरी उपरीक्षक कुमोध ढुङ्गेललाइ खादा ओढाएर स्वागत गरेका थिए भने सामुदायिकका हरेक कृयाकलापमा आफ्नो कलम मार्फत समाचार सम्प्रेषण गरि सहयोग पुर्याउनु हुने ५ जना  पत्रकारहरुलाई सम्मान समेत गरेको थियो ।

त्यसैगरि विभिन्न संघसस्था , विद्यालय , बुद्धिजिबि , सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु , प्रहरीहरु समेतलाई सम्मान गरिएको सचिब कुल नारायण प्रधान ( दिलिप ) ले जानकारी दिनु भयो ।

सम्मानित हुनेहरुमा प्रेस सेन्टर नेपालका प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य निरज पिठाकोटेमगर, जगत राई , मधेस प्रदेश सचिव मुनेश कुमार लायोमगर ,  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पर्साका अध्यक्ष अजित कुमार भुजेल , अन्कुश दैनिकका सम्बादाता संतोषमान रन्जितकार , श्री नेपाल राष्ट्रिय बिधापिठ माध्यमिक बिधालयका प्रअ अनिल बर्णवाल,वरिष्ठ सल्लाहकार डा. पुरुतम दुवे, प्रहरी सहायक हवल्दार लालुमाया महतो , प्रहरी जवान राज प्रसाद चौरसियालाई सम्मानित गरिएको थियो ।

सम्मान कार्यक्रममा समाजसेवी प्रकाश उपाध्याय , वडा नम्बर १३ का वडा अध्यक्ष हिरा गिरि, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक धर्मजंग थिङ, जिल्ला ट्राफिक प्रहरी निरिक्षक भास्कर खतिवडा ,नेपाल राष्ट्रिय बिधापिठ माविका प्रअ अनिल बर्णवाल,चिल्ड्रेन वार्डका सुमन दास, वरिष्ठ उपाध्यक्ष जयलाल साह ,सचिव दिलिप प्रधान , कोषाध्यक्ष मेघराज सहनी , सदस्य निर्मल ताम्राकार , राधा काफ्ले , राजेश सिंह , प्रमिला साही तथा विद्यार्थीहरुको उल्लेखनीय सहभागी रहेको थियो ।

स्वागत मन्तव्य वरिष्ठ सल्लाहकार डा. पुरुषाेतम दुबेले तथा कार्यक्रमको सहजिकरण प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राईले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शैक्षिक संस्थाबाट दलीय संगठन हटाउन प्रधानमन्त्रीको कडा निर्देशन

पर्सा पोस्ट, बैशाख ०७ गते, काठमाडौं । बालेन्द्र शाहले विश्वविद्यालय...

बिरगंजमा सशस्त्र प्रहरी बलको १९ औं स्थापना दिवस भब्य रुपमा सम्पन्न

पर्सा पोस्ट, बैशाख ०७ गते, वीरगञ्ज । सशस्त्र प्रहरी बल...

विपन्न परिवारको बिहेवारीमा सहयोग : जगरनाथपुरमा खाद्यान्न वितरण

पर्सा पोस्ट, बैशाख ०७ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–५...