अजित कुमार भुजेल , बिरगंज । आज विश्व उपभोक्ता अधिकार दिवस मार्च 15 को अवसरमा बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बिरगंज पर्सा र उद्योग बिभाग बिरगंजको सन्युक्त आयोजनामा तथा उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्सा जिल्लाको समन्वयमा ” स्वच्छ प्रतिस्पर्धा बजार उपभोक्ताको सार्वभौम अधिकार” भन्ने नाराका साथ शुक्रबार अन्तरकृया कार्यक्रम सम्पन्न भएको थियो ।
सो अन्तरकृया कार्यक्रममा बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बिरगंज पर्साका निमित्त कार्यालय प्रमुख सुरेश रेग्मीले आफ्नो कार्यालयको तर्फबाट कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने उपभोक्ता हित संरक्षण मञ्च नेपालको तर्फबाट केन्द्रिय उपाध्यक्ष अजय अधिकारीले बिरगंज महानगर पालिका भित्र भैइ रहेको बेथिति बारे भिडियो मार्फत कार्यपत्र प्रस्तुत गर्दै त्यस्ता घटनाहरुको जिम्मेवार को हो भनी प्रश्न गर्दै , नियमन निकायहरुलाई प्रश्न गर्दै बर्ष दिनमा के कस्ता काम गरे , कतिलाई कार्वाही गरे, अनुगमनले बजारलाई कस्तो प्रभाव पार्यो , गलत गर्नेलाई कार्वाही भयो कि भएन , कार्वाही नगरी सचेत गर्ने काम कहिलेसम्म , नुन देखि सुन सम्म , आलि देखि थालि सम्म उपभोक्ता ठगाईरहेका रहेका छन । त्यसलाई हेर्ने कसले , सुन खरिद देखि बिक्री गर्दा होस वा बजारमा सिजन भन्दा अगाडि फलफूल होस वा तरकारीहरु होस सबैमा बिषादी , केमिकल प्रयोग गरि बिक्रि बितरण गर्ने गरेको देखिन्छ , होटेलहरुमा कमसल तेल प्रयोग , मिठाई र खानेकुराहरुमा झिंगा लागेको हुन्छ , तौलमा काटा प्रयोग नगरि ढुङ्गा र भारतीय ढक तराजु प्रयोग गरिरहेको , अव्यवस्थित रुपमा अवस्थकर माछा मासु खुल्लम खुल्ला बिक्री बितरण भैइ रहेको छ , अनुमति नभएको औंषधिहरु सबै पसलमा बिक्रि बितरण भैइ रहेको , अनावश्यक प्रिमियर जबर्जस्ती लिने, टेलिकम र विद्युतमा लिने सेवा शुल्क , अन्य सुल्क उपभोक्ताको हित बिपरित भएकोले यसलाई कसले हेर्ने र कहाँ उजुरी गर्ने , उपचारको क्रममा कुनै अस्पताल वा डाक्टरले गल्ती गरि ज्यान जाने वा अंगभङ्ग भएमा त्यसको क्षतिपुर्ति कसले दिने , कहाँ उजुरी गर्ने भन्ने आमउपभोक्तालाई ज्ञान र जानकारी नभएकोले अबका दिनमा त्यस्ता गलत कार्य गर्ने व्यक्ति वा सस्थालाई सुलभ र सिघ्र न्यायका लागि उपभोक्ता अदालतको स्थापना हुनु पर्ने उपभोक्ताको चाहना छ र यसमा उपभोक्ता हित संरक्षण मञ्च नेपाल लागि रहेको अधिकारीले जानकारी दिनु भयो ।
त्यसै गरि स्वच्छ प्रतिस्पर्धा बजार , उपभोक्ता सार्वभौम अधिकार हो । राज्यमा तीन तहको सरकार छ तर अहिलेसम्म उपभोक्ता ऎन नबनाउनु यसले के पुष्टि हुन्छ कि स्थानीय सरकार उपभोक्ताको पक्षमा गेरजिम्मेवार रहेको आरोप उपाध्यक्ष अधिकारीले लगाउदै तुरुन्तै लागू गर्न आग्रह गरेका थिए ।
त्यसैगरि विभिन्न जिज्ञासा बारे पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले र पर्साका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले यसबारे छलफल र सहकार्य गरेर गलत गर्नेलाई कार्वाही गर्ने चाहे त्यो जोसुकै पनि होस प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्साल , उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय उपाध्यक्ष अजय अधिकारी , साल्ट ट्रेडिङ्ग कम्पनी लि. बिरगंजका सूचना अधिकारी सन्जय कुमार गुप्ता , प्रमुख उद्योग अधिकृत धनन्जय कुमार सिंह , बिरगंज महानगर पालिकाका खाद्य अधिकृत बिपिन कुमार लाल दास , कोलेनिकाका यज्ञराज उप्रेती , ठोरी गा.पा. का उपाध्यक्ष गोकुली कुमारी रेग्मी , प्रमुख प्रशासकिय अधिकृत राज कुशवाह , कालिकामाई गा.पा. का उपाध्यक्ष राजमती बरैनी , बिन्दवासनी गा.पा. का उपाध्यक्ष ज्योति चौरसिया , बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल , वरिष्ठ उपाध्यक्ष माधवराज पाल , हरि गौतम , राष्ट्रिय उपभोक्ता मञ्च मधेस प्रदेशका प्रमुख रामदेव लाल दास , उपभोक्ता मञ्च नेपालका दिना गुप्ता , डा. हरेराम ठाकुर , नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का , कन्जुमर आई नेपाल पर्साका रन्जु फुयाल , बितरक संघका महासचिव सज्जन अग्रवाल , व्यवस्थित बिरगंज अभियानका सन्योजक दिलिप राज कार्की , उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्सा जिल्ला अध्यक्ष सुनिल श्रेष्ठ , उपाध्यक्ष अजित भुजेल , सचिब विशाल झा, कोषाध्यक्ष रचेन्द्र सिंह थापा लगायत सन्चारकर्मी निरज पिठाकोटे मगर , जगत राई लगायत विभिन्न सरकारी , गैरसरकारी , स्थानिय पालिका , उद्योगि , व्यापारी र आम उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।
बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बिरगंज पर्साका निमित्त प्रमुख सुरेश रेग्मीको अध्यक्षतामा भएको सो कार्यक्रमको सहजीकरण उद्योग विभाग बिरगंजका रिमा साहले गर्नु भएको थियो ।