तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टिमलाई पराजित गर्दै बिरगंज युथ एकेडमी बिजयी

Date:

अजित कुमार भुजेल , बिरगंज । शनिबार देखि सुरु भएको तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगीताको उद्घाटन खेलमा वीरगन्ज युथ एकेडमी विजयी भएको छ ।

शक्ति युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगीतामा आयोजक शक्ति युवा क्लबलाई वीरगन्ज युथ एकेडमीले ट्राईब्रेकरमा ४-२ गोल अन्तरले हराएको हो ।

परवानीपुर खेल मैदानमा सुरु भएको खेलमा पहिलो हाफमा शक्ति युवा क्लबले २ गोल अन्तरले अग्रता बनाएको थियो ।

पहिलो हाफको १४ औ मिनेटमा शक्ति युवा क्लबका जर्सी नम्बर १४ का खेलाडी अजय कुमारले पहिलो गोल गरे । खेल सुरु भएको समय देखि दबादमा रहेको वीरगन्ज युथ एकेडमीले खेलको १९ औ मिनेटमा एक खेलाडी परिवर्तन गरेको थियो ।

दबाबमा रहेका वीरगन्ज युथ एकेडमी माथी हाबि बनेको शक्ति युवा क्लब २४ औ मिनेटमा पुन दोस्रो गोल गर्यो । दोस्रो गोल ट्राईबे्रकरमा जर्सी नम्बर ९ का खेलाडी संघर्ष मगरले गोल गरेका थिए ।

खेलको दोस्रो हाफको सुरु मै ५० औ मिनेटमा वीरगन्ज युथ एकेडमीका जर्सी नम्बर २० का खेलाडी आकाश पासवानले आफ्नो टिमको पहिलो गोल गरे ।दोस्रो हाफमा शक्ति युवा क्लब माथी वीरगन्ज युथ एकेडमी दबाद बनाउदै लगेको थियो । खेलको ५५ औ मिनेटमा जर्सी नम्बर ११ का खेलाडी कृष्णा शाक्यले गोल गर्दै खेल बराबरीमा फर्कोए ।

निर्धारित ९० मिनेटको खेलमा दुबै टिम २–२ गोल गर्दै बराबरी खेलेपछि खेल ट्राईबे्रकरमा धकेलिएको थियो ।

ट्राईबे्रकरमा शक्ति युवा क्लबका पाँच जना खेलाडी मध्ये तीन खेलाडी पोष्ट बाहिर बल हानेपछि पराजित हुन पुगेको हो ।

ट्राईबे्रकरमा वीरगन्ज युथ एकेडमीका पाँच जना खेलाडी मध्ये चार खेलाडी गोल जालीमा हानेका थिए ।

भोलीको खेल हेटौंडा फुटबल एकेडेमी मकवानपुर र चिडिया दह स्टार क्लब रौतहट बिच हुने प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले बताए ।

चैत १० गते सम्म चल्ने प्रतियोगितामा आयोजक शक्ति युवा क्लब ,वीरगन्ज युनाइटेड एफसी , वीरगन्ज युथ एकेडेमी , नव जन जागृती युवा क्लब सिमरा ,चिडिया दह स्टार क्लब रौतहट र बाग्मती फुटबल क्लब सर्लाही सहभागी हुनेछन ।

यस्तै बागमति प्रदेशको हनामी भरतपुर फुटबल क्लब चितवन ,हेटौंडा फुटबल एकेडेमी मकवानपुर भाग लिनेछन ।

यस्तै प्रतियोगितामा प्रथम हुने क्लबले नगद दुई लाख एक हजार र दोस्रो हुने क्लबले एक लाख एक हजार सहित प्रमाणपत्र र शिल्ड पाउने उनले बताए ।

त्यस्तै प्रतियोगितामा खेलाडीहरुको लागी विभिन्न विद्यामा विद्यागत पुरस्कार पनि राखिएको प्रतियोगिता सहसंयोजक दिपक यादवले बताए । तेस्रो परवानीपुर गोल्डकप फुटबल उद्घाटन परवानीपुर गाँउपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले गरेका थिए ।

प्रतियोगीताका संयोजक सुबोध श्रीवास्तवको अध्यक्ष्तामा भएको कार्यक्रममा नेकपा एमालेका नेता रामपाल यादव , मोबिन आलम , सोचन यादव , राजेन्द्र यादव , नेपाली कांग्रेसका नेता विजय गुप्ता , हबिब मियाँ लगायतका विभिन्न वडाका वडाअध्यक्ष , स्थानीय नेता तथा समाजसेवीहरु सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...