एन प्याब्सन जितपुरसिमरा नगर कमिटीको अध्यक्षमा अनिल तिवारी चयन

Date:

अजित कुमार भुजेल , बिरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन) जीतपुरसिमरा नगर कमिटि अध्यक्षमा अनिल तिवारी चयन भएका छन् ।

एन प्याब्सन नेपालका केन्द्रिय सदस्य राम प्रसाद अधिकारीको संयोजकत्वमा र एन प्याब्सन बारा जिल्ला उपाध्यक्ष सुबोध गुप्ताको नेतृत्वमा एन प्याब्सन जीतपुरसिमरा नगर कमिटि गठन गरिएको हो ।

शनिवार गठन गरिएको एन प्याब्सन जीतपुरसिमरा नगर कमिटिको अध्यक्षमा डुमरवाना पब्लिक स्कूल रजघट्टाको संचालक अनिल तिवारी सर्वसम्मत चयन भएका हुन् ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा दिपेन्द्र कुमार साह, सचिवमा सरोज चन्द्र कार्की,कोषाध्यक्षमा नरेन्द्र तामाङ्ग, सदस्यमा गौतम चौधरी, मधुसुदन चौधरी चयन भएका छन् ।

कार्यक्रममा बोल्दै एन प्याब्सनका केन्द्रिय सदस्य राम प्रसाद अधिकारीले चयन भएका पदाधिकारीलाई बधाई तथा शुभकामना दिएका थिए । निजी विद्यालयको पक्षमा वकालत गर्न एन प्याब्सन केन्द्रिय कार्यसमिति निरन्तर सरकार तथा सरोकारवाला निकायसंग छलफलमा रहेको समेत अधिकारीले बताए ।

अध्यक्षमा सर्वसम्मत चयन गरेकोमा एन प्याब्सन जीतपुरसिमरा नगर कमिटिका अध्यक्ष अनिल तिवारीले धन्यवाद ज्ञापन गरेका थिए ।

उक्त कार्यसमिति गतह्न कार्यक्रममा एन प्याब्सन बाराका कोषाध्यक्ष मदन रिजाल, स-सचिव राम बहादुर चौधरी, पूर्व प्रदेश सदस्य सुन्दर ढकाल लगायत जीतपुरसिमरा उपमहानगर भित्र रहेका बिभिन्न निजि बिद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बाढीपीडितलाई तत्काल राहत र बजारमा कालोबजारी नियन्त्रण गर्न उपभोक्ता हित संरक्षण मञ्चको अपिल

पर्सा पोस्ट, भदौ २१ गते, वीरगञ्ज । उपभोक्ता हित संरक्षण...

क्यासिनोमा ‘पद–पहुँच’ चलेन : गाउँपालिका अध्यक्ष र इन्स्पेक्टरसहित ८ जना प्रहरी नियन्त्रणमा

पर्सा पोस्ट, भदौ २१ गते, वीरगञ्ज । वीरगञ्जमा नेपाली नागरिकलाई...

‘प्याब्सन स्मार्ट माइन्ड्स’को सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

पर्सा पोस्ट, भदौ २१ गते, वीरगन्ज । प्याब्सन वीरगन्जको आयोजनामा...

लायन्स क्लब गेटवेको हरियाली अभियान : मुस्लिम महिला हाईस्कुलमा ५५ वटा बिरुवा रोपियो

पर्सा पोस्ट, भदौ २१ गते, वीरगञ्ज । ‘वृक्षारोपण गरौँ–पर्यावरण जोगाऔँ’...