बिरगंजको घन्टाघरमा शनिबार अभिभावक संघ पर्साले आयोजना गरेको रक्तदानमा ४ महिला सहित ६२ जनाले गरे रक्तदान

Date:

अजित कुमार भुजेल , बिरगंज । अभिभावक संघ पर्साले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ४ महिला सहित ६२ जनाले रक्तदान गरेका थिए ।

रक्तदान गर्नुहुनेमा पुजा ढकाल, मनिषा कुमारी झा, पुनम यादव, ओनिका कुमारी, बिवेक प्रसाद साह, सुशील कुमार साह , राहुल सर्राफ, आकाश कुमार साह , अरुण साह, बलिराम चौधरी , सन्दिप सर्राफ, अजित कुमार मन्डल , राजकुमार राय, राजिव ठाकुर , नरेन्द्र कुमार तिवारी, लगायतकाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र बिरगंजका प्रमुख साैरभराज पाण्डेले जानकारी गराउनु भयो।
<span;>”शिक्षा प्रत्येक नागरिकको मौलिक अधिकार हो ” भन्ने मुल नाराका साथ शनिबार बिरगंजको घन्टाघर चौकमा रगत अभाव भएसङै सबैले बाच्न पाउनु पर्ने अधिकार सबैको भएकोले रगतको अभावले कसैको ज्यान नजायोस भन्ने उदेश्यले आज रक्तदान कार्यक्रमको आयोजना गरेको अभिभावक संघ पर्साका अध्यक्ष सन्दिप साहले जानकारी दिनुभयो।

संघका अध्यक्ष साहको अध्यक्षता तथा बिरगंज महानगर पालिकाका पूर्व मेयर विजय कुमार सरावगीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल,एमाले नेता शम्भु गुप्ता, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी , पर्सा  जिल्ला फुटबल संघका अध्यक्ष अनिल कुमार कलवार, बिरगंज युवा समाजका पुर्व अध्यक्ष कमल चौगाइ, बर्तमान अध्यक्ष सन्जिव थापा , जनमत पार्टीका जिल्ला अध्यक्ष ओम प्रकाश सर्राफ, समाजसेवी ब्रिजेश्वर चौधरी, बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह,सचिब कन्हैया पटेल , व्यवस्थित बिरगंज अभियानका संयोजक युवा नेता दिलिप राज कार्की  लगायतको सहभागिता  रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

लायन्स क्लब इन्टरनेशनल जोन ३७ द्वारा वीरगञ्ज कपडा बैंकलाई कपडा सहयोग, निरन्तर सहकार्यको प्रतिबद्धता

पर्सा पोस्ट, श्रावण २४ गते, वीरगञ्ज। सामाजिक सेवामा सक्रिय लायन्स...

सबैया साझेदारी वन उपभोक्ता समूहको प्रथम साधारणसभा सम्पन्न, वन संरक्षणमा जनसहभागिता बढाउन मन्त्रीहरूको जोड

पर्सा पोस्ट, साउन २४ गते, वीरगञ्ज (पर्सा)। पर्सा जिल्लास्थित सबैया...

राउन्ड टेबल नेपाल र रोट्याक्ट क्लबको संयुक्त रक्तदान : ५८ युनिट रगत संकलन, ‘मानवता बलियो बनाउन नियमित रक्तदान गरौं’

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। वीरगञ्जमा पछिल्लो समय देखिएको...

मनियारी मुसहर टोलमा वीरगञ्ज कपडा बैंकद्वारा ६ सय थान निःशुल्क कपडा वितरण

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। मानवीय सेवामा निरन्तर सक्रिय...