अजित कुमार भुजेल , बिरगंज । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल बिरगंज महानगर कमिटीको दोस्रो अधिवेशनबाट सर्वसम्मतीले पिन्न्की गुप्ताको अध्यक्षतामा १३ सदस्यीय नया कार्य समिति चयन गरेको छ ।
त्यसैगरि उपाध्यक्षमा सुमन अधिकारी , सचिवमा सुनिता मानन्धर , सहसचिवमा अल्का प्रधान , कोषाध्यक्षमा रानी यादव , सजकोषाध्यक्षमा किरण वर्मा , सदस्यहरुमा निसा अधिकारी , रन्जु गुप्ता , बिभा कर्ण , श्रेया सरार्फ , रिमा साह , पुनिता ठाकुर र सुशीला सहनी चयन भएका छन् ।
शनिबार बिरगंजको रानिघाट स्थित शिव पार्वती धर्मशालामा राष्ट्रिय सौर्न्दर्यकर्मी युनियन नेपाल बिरगंज नगर कमिटीका अध्यक्ष ओम कुमारी शर्माको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय अध्यक्ष अन्जु गुरुङले पानसमा दिप प्रज्वलित गरि उद्घाटन गर्नु भएको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि केन्द्रिय अध्यक्ष गुरुङले पहिले पहिले यस पेशालाई हेर्ने दृस्टिकोण र आज यसलाई हेर्ने दृस्टिकोणमा जमिन र आशमानको फरक भएको र यस पेसालाई सुरक्षित र मर्यादित रोजगारि बनाउन सबै सौन्दर्यकर्मी एक हुनु आवस्यक रहेको बताए ।
यस पेशामा लागेर आय आर्जन गर्नुका साथ साथै सेवा र राज्यलाई हामिले कर दिएर सामाजिक उतरदायित्व पूरा गरेको समेत बताए ।बजारमा अनेकौं हल्ला र अफवाह फैलाउने काम हुने हुदा त्यसको पछि नलागी आफ्नो पेसा प्रति ईमान्दार रहन आग्रह गर्दै यस सस्थाले आफ्ना सदस्यहरु हक हितको लागि सधैं लडिरहेको र आउनेदिनमा पनि तपाईहरु सहयोग र साथको आवस्यक रहने हुदा आफ्नो अधिकारको लागि गाँस , बास र कपासको लागि शिक्षा , स्वास्थ्य र सुरक्षित रोजगारको लागि सरकार सङ्ग लडने समेत बताए ।
दोस्रो अधिवेशनले यस सस्थाका लागि आफ्नो अमुल्य योगदान दिएबापत राष्ट्रिय सौर्न्दर्यकर्मी युनियन नेपाल पर्साका पुर्व अध्यक्ष , हाल केन्द्रिय सदस्य एवं मधेस प्रदेश ईन्चार्ज समेत रहनु भएका सुमित्रा सापकोटालाई कदरपत्र र दोसल्ला ओढाएर केन्द्रिय अध्यक्ष अन्जु गुरुङले सम्मान गर्नु भएको थियो भने प्रमुख अतिथि गुरुङलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।
सो अधिवेशनमा संगठनका बार्षिक प्रतिवेदन सचिव पिन्की गुप्ताले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष सुनिता मानन्धरले प्रस्तुत गर्नु भएको थियो ।सो प्रतिवेदन सर्वसम्मतले ताली बजाएर पास गरेका थिए ।
आजै राष्ट्रिय सौर्न्दर्यकर्मी युनियन नेपालको सदस्यता १२ जनाले लिएका थिए ।उनिहरुलाई केन्द्रिय अध्यक्ष एवं प्रमुख अतिथि अन्जु गुरुङले स्वागत गर्दै अबिर लगाई प्रमाणपत्र दिएर स्वागत गर्नु भएको थियो ।
सो कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका केन्द्रिय सदस्य एवं मधेस प्रदेश ईन्चार्ज सुमित्रा सापकोटा , मधेस प्रदेश सदस्य सुमित्रा पान्डे, जिफन्ट मधेस प्रदेश सदस्य तथा ईन्चार्ज बिना पराजुली , नेपाल घरेलुु तथा साना उद्योग महासंघ जिल्ला अध्यक्ष हिरालाल साह कानु , आजाद ईन्टरप्राईजेजका प्रोप्राईटर साहजाद आलम , उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्सा जिल्ला उपाध्यक्ष अजित भुजेल , फोनिजका केन्द्रिय सदस्य जगत राई , अन्कुश दैनिकका संतोषमान रन्जितकार , मधेसको तेस्रो आँखा दैनिक तथा त्रिनेत्र पोस्ट साप्ताहिकका प्रकाशक मुनेश लायो मगर , सुनिल श्रेष्ठ , कुसुम लाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
स्वागतमन्तव्य उपाध्यक्ष सुमन अधिकारीले र कार्यक्रम सन्चालन सचिव पिंकि गुप्ताले गर्नु भएको थियो ।