बारामा रहेको बर्षा डाईभिङ्ग एन्ड ट्रेनिङ्ग सेन्टरको मधेस प्रदेशका मुख्यमन्त्रीले गरे उद्घाटन

Date:

अजित कुमार भुजेल , बिरगंज । बारामा सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लागि प्रयोगात्मक परीक्षा अर्थात ट्रायल सेन्टर आजदेखी संचालनमा आएकोे छ ।

शनिबार कलैया उपमाहनगरपालिका वाड नम्बर ३ गंगापुरमा रहेका वर्षा ड्राइभिङ्ग एण्ड ट्रेनिङ्ग सेन्टरको मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले उद्धाटन गरेका थिए  ।

प्रदेश सरकार आएपछि हरेक जिल्लाबाट लाइसेन्स जारी गर्ने कार्यको पनि सुरुवात गरिएको मुख्यमन्त्री यादवले बताए ।

यातायात व्यवस्था कार्यालय बाराले चैत्र महिनाको पहिलो साता लाइसेन्सको लिखित परीक्षा सञ्चालन हुने भएकोले आज शनिबार ट्रायल सेन्टर उद्धाटन गरिएको हो ।

यसभन्दा अगाडि सवारी चालक अनुमति पत्र नवीकरण, सवारी दर्ता (ब्लुबुक) नविकरण सेवाहरु बारा यातायात व्यवस्था कार्यालयले गर्दै आएको थियो ।

अब निर्माण भएको ट्रायल सेन्टरबाट लाइसेन्स वितरण गर्ने प्रयोगात्मक परीक्षा अर्थात ट्रायल लिने बारा यातायात व्यवस्था सेवा कार्यालयले जनाएको छ । उद्धाटन भएको ट्रायल सेन्टरमा चैत्र ५ गतेदेखी लिखित तथा प्रयोगात्मक परीक्षा संचालन हुने छ । ट्रेनिङ्ग सेन्टरका अध्यक्ष रामकुमार पटेलको अध्यक्षतामा भएको उद्धाटन कार्यक्रमा बिभिन्न राजनिति दालका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बसपार्कमा वृक्षारोपण अभियान तीव्र, ‘हरित र सुन्दर वीरगन्ज’ बनाउने महानगरको लक्ष्य

पर्सा पोस्ट, साउन ३० गते, वीरगन्ज । वीरगन्ज महानगरपालिकाले वातावरण...

विपन्न परिवारलाई समाजसेवी वृजेस्वर प्रसाद चौधरीद्वारा १० हजार रुपैयाँ आर्थिक सहयोग

पर्सा पोस्ट, साउन २९ गते, वीरगञ्ज। पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकास्थित...

सामुदायिक प्रहरी–नागरिक सहकार्य सुदृढ बनाउन एसपी पवन भट्टराईको प्रतिबद्धता

पर्सा पोस्ट, साउन २८ गते, वीरगञ्ज। सामुदायिक प्रहरी सेवा केन्द्र,...