सहज सेवा सीप बिकास केन्द्रको आयोजनामा पटेर्वा सुगौली-१ मा रक्तदान कार्यक्रम सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । पटेर्वा सुगौली गाउँ पालिका वडा नं.१ गदियानी मदर्षा प्राङ्गणमा रक्तदान कार्यक्रम संचालन भएको छ ।

रगतको अभाव भए सङै रगतदान जीवन दान , रगतदान महादान , सेवा नै धर्म हो भन्ने  मुल नाराको साथ सहज सेवा शीप विकास केन्द्र पटेर्वा सुगौलीले रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाकि कार्यकारी निर्देशक सुस्मिता कुमारी चौधरीले बताइन ।

पटेर्वा सुगौली गाउँपालिकाको सहयोग र वडा नं.१ कार्यालयको समन्वयमा र वडा नं.१ को वडा अध्यक्ष फरमान मिया अन्सारीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा श्रीकान्त चौधरी,रमेश राउत बरैई,रामेश्वर चौधरी,विक्रम दास,अफताव आलम गदी,सन्जित साह कानु,राम कुमार चौधरी,अनिल राउत थारु,सन्तोषी कुमारी राम लगायतले रक्तदान गरेको आयोजना संस्थाका संयोजक मुमा तिवारीले बताए ।

रक्त संन्चार केन्द्र पर्साका प्राविधिक जितेन्द्र कुसवाहा,श्याम साह,नवीन चौरसिया,अनिल साहले प्राविधिक सहयोग गरिरहेको थिए ।

ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराज केशरी,प्रहरी चौकी रंगपुरका प्रहरी सहायक निरीक्षक सुजित राय भर,वडा सदस्य हैदर अलि अन्सारी,नारायण साह,लगायतले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...