औंषधि र बिक्रेता नै नक्कली, निषेधित औंषधि सहित लखेर पक्राउ ।

Date:

अजित कुमार भुजेल , नेपालगन्ज । नक्कली औषधी बिक्री गर्ने पसल बन्द गरिएको छ । अनुगमनका क्रममा त्यस्तो भेटिएपछि पसल बन्द गरिएको हो । पसल र बिक्रेता दुवै नक्कली भएको पाइएपछि पसल बन्द गरेर बिक्रेतालाई पक्राउ गरिएको छ ।

अनुगमनको क्रममा डुडुवा गाउँपालिकाको वडा ६ चौधरीपूर्वाबाट एक जना नक्कली औषधी बिक्रेतालाई प्रशासनले पक्राउ गरी नक्कली औषधी पसल बन्द गरेको हो ।

औषधी पसल सञ्चालन गर्ने कुनै पनि कागजपत्र र अनुमति नलिई लामो समयदेखि नक्कली औषधी पसल गर्दै आएका विकास लखेरलाई नियन्त्रणमा लिँदै बाँके प्रशासनले लखेरले चलाउँदै आएको औषधी पसललाई सिलबन्दी गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार लखेरसँग औषधी बिक्री गर्ने योग्यताको प्रमाणपत्र नभएको, पसल प्रचलित कानुनअनुसार कहिँकतै दर्ता समेत नभएको हुँदा पसल र बिक्रेता दुवै नक्कली भएको पुष्टि भएको जनाइएको छ ।

औषधी जस्तो अति नै संवेदनशील बस्तुको सो नक्कली पसलमा रहेका ७५ प्रतिशत भन्दा बढी औषधी म्याद नाघेको फेला परेको जनाउँदै प्रजिअ पोखरेलले कतिपय औषधीमा आफैले कलमबाट म्याद सच्याइएको पाइएको बताउनुभयो ।

उहाँले बरामद भएका केही औषधी नेपालमा प्रतिबन्धित समेत रहेको जनाउँदै लखेरले मानिसको जीवनसँग खेलबाड गरिरहेको पाइएको उहाँले बताउनुभयो ।

नक्कली पसलमा नेपालमा उपयोग गर्न समेत निषेध गरिएका भिगो ट्रिप्पल एक्स, डर्मिकेम जस्ता औषधी सो पसलबाट बरामद भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जसँग समन्वय गरी नक्कली बिक्रेता लखेरलाई औषधी बिक्री वितरण सम्बन्धी प्रचलित कानुन बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।
Source. Gorkhapatra Online

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बसपार्कमा वृक्षारोपण अभियान तीव्र, ‘हरित र सुन्दर वीरगन्ज’ बनाउने महानगरको लक्ष्य

पर्सा पोस्ट, साउन ३० गते, वीरगन्ज । वीरगन्ज महानगरपालिकाले वातावरण...

विपन्न परिवारलाई समाजसेवी वृजेस्वर प्रसाद चौधरीद्वारा १० हजार रुपैयाँ आर्थिक सहयोग

पर्सा पोस्ट, साउन २९ गते, वीरगञ्ज। पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकास्थित...

सामुदायिक प्रहरी–नागरिक सहकार्य सुदृढ बनाउन एसपी पवन भट्टराईको प्रतिबद्धता

पर्सा पोस्ट, साउन २८ गते, वीरगञ्ज। सामुदायिक प्रहरी सेवा केन्द्र,...