अजित कुमार भुजेल , बिरगंज । वातावरण जिउने आधार सस्था पर्सा जिल्ला शाखाकाे साधारणसभा सम्पन्न भएको छ।
बिरगंजको होटेल मधुधालामा शनिबार सभाले चयन गरेको नया पदाधिकारिहरुको पदस्थापन कार्यक्रम पनि सम्पन्न भएकाे थियो ।
संस्थाका केन्द्रीय अध्यक्ष आकाश चौहानको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथी जनता समाजवादी पार्टीका पर्सा सचिव तबरेज अहमद रहनु भएको थियो । बिशिस्ट अतिथीमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसि लामिछाने , सामाजिक अभियन्ता एवं जनमत पार्टी पर्साका अध्यक्ष ओम प्रकाश सरार्फ , अतिथिहरु सन्चारकर्मिहरु निरज पिठाकोठे मगर, बिमला गुप्ता , सन्तोष मिश्रा, अजित कुमार भुजेल, लालबाबु सिंह , राजन रौनियार, सम्भु कुमार सुमन ,राज सरार्फ , दिपु बर्णवाल लगायतको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा नवनिर्वाचित जिल्ला सन्योजकमा अनामिका तिवारी, उपसन्योजकमा लकी बर्णवाल, सचिवमा आयुष्मा सोनी, काेषाध्यक्षमा सुमन ठाकुर, कार्यक्रम सन्योजकमा आलोक मण्डल, सार्वजिक सम्पर्क अधिकारीमा उज्वल राउत, सदस्यहरू प्रार्थना शाह, बिकी सिंह, धिरज कुशावाहालाई प्रमुख अतिथी , बिशिस्ट अतिथी , अतिथिहरुले अबिर टीका लगाएर प्रमाणपत्र प्रदान गरि पदस्थापन गराइएकाे थियाे ।
कार्यक्रमका प्रमुख अतिथी जनता समाजवादी पार्टी पर्साका सचिव अहमदले मानव प्राणिमा सर्वश्रेष्ठ किन भएको हो भने उ संग संवेग छ,उ भावनात्मक हुन्छ, उ हर्ष एवं पीडा ब्यक्त गर्न सक्छ र मानव राम्रो कुरोहरुको भोको हुन्छ र निरन्तर राम्रो भन्दा राम्रो अझ बढी राम्रोको खोजिमा रहन्छ जसले गर्दा नै आजको बिकसित सुबिधाहरु युक्त संसार बनाएको छ र हाम्रो देश समाजको समाजिक, आर्थिक रुपान्तरणका आधार स्तम्भ युवाहरु नै भएको बताए । तर यसो भन्दा उमेर त युवाको परिभाषा भनेको एउटा संख्याको कुरो हो तर युवा जोश र जागर निष्ठा र क्रियाशिलतालाई उमेर हदको घेरा भित्र सीमित राख्नु हुँदैन र तपाईंहरु पनि जोश जागर निष्ठापुर्वक क्रीयासिल भएर पर्यावरण बचाउन अभियानमा लाग्नु पर्ने बताए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछानेले प्रत्येक नेपालीले स्वच्छ सफा वतावरणमा स्वस्थ्य जीवन यापन गर्न पाउने कुरा हाम्रो सम्बिधानले नै ग्यारेन्टी गरेको बताउदै मानव जिवनमा स्वच्छ सफा वातावरण नभई नहुने भएकाे बताउँदै यसकाे कार्यन्वयनमा तिनै तहको सरकार उदासिन रहेको र स्वच्छ वातावारणको मुद्धा बिश्वब्यापी रुपमा लगातार गम्भीर तरिकाले उठान भैरहेको चर्चा गर्दै स्वच्छ वतावरणको प्रत्याभूतीका लागि सरकारहरुलाई जिम्मेवार बनाउन तपाइहरुले अभियान चलाउनु पर्नेमा जोड दिएका थिए । उहाले धार्मिक ग्रन्थ रामायणमा शक्तिशाली रावणको पतनको कारण चरित्रको गिरावट भएको बताउदै सम्पुर्ण युवाहरुलाइ आआफ्नो सबल चरित्रलाई अझ दरो बनाइ कार्य गर्न आग्रह गर्नु भयो ।
अर्का विशिष्ट अतिथी सामाजिक अभियन्ता सर्राफले जिवनदायिनी सिर्सिया नदि लगायत खोला नालालाई आफ्नो छनिक फाइदाले अवैज्ञानिक कार्यहरुले फोहोर गर्ने अतिक्रमण गरि मुहान नै समाप्त पार्ने अपराध गरिरहेको छ साथै वीरगन्जको मुर्ली पोखरी लगायत बिभिन्न पोखरी सौन्दर्यिकरणको नाममा आफ्ना राजनैतिक आसेपासेहरुलाइ पाल्ने जुन फोहरी र अनैतिक कार्य भैरहेको छ जसले वातावरण नष्ट गर्ने काममा तिनै तहको सरकारहरु दोषी रहेको र युवाहरुले नै यसको निचोड निकाल्न अभियान चलाउनु पर्नेमा जोड दिए ।
सो कार्यक्रममा संस्थामा लागेर काम गर्नु हुने पूर्व सदस्यहरु राजन रौनीयार, कृष्ण चौरसिया,फिरोज अन्सारी ,प्रभात सिंह, दिपु बर्णवाल , प्रभाकर चौरसिया, ऋषि पटेल, रुपक पटेल, राेहित गुप्ता लगायतकालाई सम्मानपत्र प्रदान गरि सम्मानित समेत गरिएको थियो ।